
काठमाडौँ । पोखरा महानगरपालिकाले लामो समयदेखि रोकिएको फिर्के खोलाको अतिक्रमण हटाउने काम सुरु गरेको छ । बजारको बीचबाट बग्ने फिर्के खोलामा बनेका अनधिकृत संरचना हटाउने प्रयास पहिले पनि भएको थियो तर स्थानीयको विरोध र अदालतका कारण रोकिएको थियो ।
यसपटक सङ्घीय सरकारको सहयोगमा महानगरले आइतबारदेखि शान्तिपूर्ण रूपमा संरचना हटाउने काम थालेको हो । खोलामा निजी र संस्थागत गरी धेरै स्थायी र अस्थायी संरचना बनेका थिए । महानगरले यो अभियान निरन्तर चल्ने जनाएको छ ।
अतिक्रमण हटाएपछि फिर्के खोलालाई ‘फिर्के करिडोर’का रूपमा विकास गर्ने योजना छ । त्यहाँ पैदल मार्ग, साइकल लेन, पार्क, हरियाली र विश्रामस्थल बनाइनेछ । यसले पोखरालाई स्वच्छ र आधुनिक सहर बनाउने लक्ष्य राखिएको छ । स्थानीयले विकास योजनामा समर्थन गरे पनि उचित व्यवस्थापन र क्षतिपूर्तिको माग गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे