
काठमाडौँ । नेकपा (एमाले)ले पार्टीका केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट गर्ने प्रस्तावलाई अन्तिम रूप दिन अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेललाई जिम्मा दिएको छ । यसका लागि सचिवालय बैठकले आवश्यक परिमार्जन गरी अन्तिम निर्णय गर्ने व्यवस्था गरेको हो ।
पार्टीले आगामी स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै केन्द्रीय सदस्यहरूलाई विभिन्न स्थानीय तह र जनसंगठनको जिम्मेवारी दिएको छ । तीन दिनसम्म चलेको बैठकले पार्टी एकता कायम राख्न पनि जोड दिएको छ ।
बैठकले पार्टी पुनर्गठन र निर्वाचन समीक्षाका लागि एक महिनाभित्र सुझाव दिन कार्यदल गठन गर्ने निर्णय गरेको छ । साथै बल्खुस्थित आफ्नै जग्गामा नयाँ पार्टी कार्यालय भवन बनाउने निर्णय पनि गरिएको छ । केन्द्रीय कमिटी बैठक असार दोस्रो साता बस्ने तय भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे