
काठमाडौँ । नेकपा एमालेले नेताहरूको नयाँ जिम्मेवारी टुंगो लगाउन आज केन्द्रीय सचिवालय बैठक गरेको छ । अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठकमा पहिले प्रस्ताव गरिएको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ ।
महाधिवेशनपछि अस्थायी रूपमा दिइएको जिम्मेवारी अब फेरबदलसहित स्थायी बनाइँदैछ । संगठन, स्कुल, जनसंगठन र प्रचार विभागमा विभिन्न नेताहरूलाई नयाँ जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । अधिकांश केन्द्रीय सदस्यलाई स्थानीय तहको चुनाव केन्द्रित काममा खटाउने योजना छ ।
यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता खुलाउने निर्णय पनि भएको थियो । आजको बैठकमा पार्टी पुनर्गठन र नेतृत्वको भूमिकाबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे