
काठमाडौँ । जेनजी आन्दोलनका अगुवाहरूले सरकारले बोलाएको संविधान संशोधनसम्बन्धी छलफल बहिष्कार गरेका छन्। उनीहरूले सरकार एकलौटी र पारदर्शी नभई काम गरिरहेको आरोप लगाउँदै छलफलमा नजाने घोषणा गरेका हुन्।
प्रधानमन्त्री कार्यालयअन्तर्गत बनेको कार्यदलले उनीहरूलाई छलफलका लागि निम्तो दिएको थियो, तर आन्दोलनकारीहरूले जेठ १ गते संयुक्त विज्ञप्ति जारी गर्दै सहभागी नहुने बताए।
उनीहरूका अनुसार सरकारसँग भएको पुरानो १० बुँदे सम्झौता अझै कार्यान्वयन भएको छैन र आन्दोलनबारे बनेको आयोगको प्रतिवेदन पनि सार्वजनिक गरिएको छैन। साथै, संविधान संशोधनका लागि छुट्टै आयोग बनाउनुपर्ने व्यवस्था भए पनि सरकारले त्यसलाई बेवास्ता गरेको उनीहरूको आरोप छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे