
काठमाडौँ । सरकारले बकर ईद (ईद–उल–अज्हा) को अवसरमा यही जेठ १४ गते सार्वजनिक बिदा दिने भएको छ । राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरूको यो प्रमुख चाडको दिन देशभर बिदा रहनेछ ।
मुस्लिम आयोगले जेठ १४ गते बकर ईद परेको जानकारी दिएपछि गृह मन्त्रालयले सोही दिन बिदा दिने निर्णय गरेको हो । बकर ईद इस्लाम धर्मको एक महत्वपूर्ण पर्व हो, जुन देशभरका मुस्लिम समुदायले मनाउँछन् । सरकारले सबै सरकारी कार्यालय र सम्बन्धित निकायहरू सो दिन बन्द रहने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे