
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज एकै दिन १० वटा संसदीय समितिको बैठक बस्दैछन् । विभिन्न समितिहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट, नीति तथा कार्यक्रम, सुशासन, मानव अधिकार, पूर्वाधार, सञ्चार र विपद् व्यवस्थापनलगायत विषयमा छलफल गर्नेछन् । अर्थ समितिमा बजेटका लागि नीतिगत सुझाव पेश गरिनेछ भने कानून समितिले कारागार र प्रहरी हिरासतमा रहेका कैदीबन्दीको मानव अधिकारबारे गृहमन्त्रालयसँग छलफल गर्नेछ ।
पूर्वाधार विकास समितिले मध्यपूर्व युद्धका कारण निर्माण क्षेत्रमा परेको असरबारे छलफल गर्नेछ । महिला तथा सामाजिक मामिला समितिले महिला, बालबालिका र सामाजिक सुरक्षासम्बन्धी विषय उठाउनेछ । सार्वजनिक लेखा समितिले महालेखापरीक्षकसँग बेरुजु फर्छ्यौटबारे छलफल गर्नेछ भने अन्य समितिहरूमा सुशासन, सञ्चार, बजेट तयारी र उपसमिति गठनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे