• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ ७, बिहिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !

२ घण्टा अघि
२

प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय छैन,जिम्मेवार हुन सञ्चारमन्त्रीको आग्रह

१७ घण्टा अघि
३

नेपालको डिजिटल भुक्तानी प्रणाली: सुरक्षित भनिएको तर भित्र जोखिमको जाल?

१८ घण्टा अघि
४

भारतले चिया निर्यातसम्बन्धी नियम खुकुलो बनायो, नेपाली चिया निर्यात खुला

१९ घण्टा अघि
५

संसदको मर्यादा कायम राख्न श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको निर्देशन

१९ घण्टा अघि
६

संसदमा हर्क साम्पाङको लगातार विरोध, सरकारलाई संसदप्रति जवाफदेही हुन आग्रह

२0 घण्टा अघि
७

२० दिन बिदामा बसिन् सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल

२0 घण्टा अघि
८

सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस

२१ घण्टा अघि
९

प्रतिनिधिसभाको बैठक बस्दै ,बजेटको छलफलपछि अर्थमन्त्री वाग्लेको जवाफ दिने

२१ घण्टा अघि
१०

कृष्णकुमार कार्की विवादमा छानबिन गर्न आशिका तामाङको माग

२१ घण्टा अघि
११

१० हजारदेखि ३०%सम्म पुरस्कार-भ्रष्टाचारको नयाँ बाटो खुल्ने डर किन बढ्दैछ?

१ दिन अघि
१२

नेपाल राष्ट्र बैङ्कबाट नोट छाप्ने सम्झौता भंग, गोपनीय सामग्री अझै आपूर्तिकर्ताकै नियन्त्रणमा

१ दिन अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

३ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

८ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

८ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१0 महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ जेष्ठ ७, बिहिबार (२ घण्टा अघि)

ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !

  • 182 Views
  • ईभीको मोटर २०० किलोवाट, भन्सारमा पुगेपछि ९९.९ — कर पनि ‘इको मोड’ मा !

    काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) आयातमा मोटर क्षमतासम्बन्धी प्राविधिक परीक्षण नगर्दा अर्बौं रुपैयाँ राजस्व चुहावट भएको आशंका सार्वजनिक भएको छ । महालेखा परीक्षणसम्बन्धी विवरणअनुसार रसुवा र तातोपानी भन्सार कार्यालयबाट आयात गरिएका विभिन्न ईभी मोडलमा वास्तविक मोटर क्षमताभन्दा कम घोषणा गरी न्यून भन्सार तथा अन्तःशुल्क दरमा जाँचपास गरिएको देखिएको हो ।

    विद्युतीय सवारीसाधनसम्बन्धी महसुल व्यवस्था अनुसार ५० देखि १०० किलोवाटसम्म पिक मोटर पावर भएका सवारीसाधनमा २० प्रतिशत भन्सार महसुल र १५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ । यस्तै १०० देखि २०० किलोवाटसम्म क्षमता भएका सवारीसाधनमा ३० प्रतिशत भन्सार महसुल र २० प्रतिशत अन्तःशुल्क लाग्छ । तर, भन्सार कार्यालयहरूले आयातकर्ताले बीजकमा उल्लेख गरेको विवरणकै आधारमा जाँचपास गर्दै आएको र मोटर क्षमताको स्वतन्त्र प्राविधिक परीक्षण नगरेको पाइएको छ ।

    प्रतिवेदनअनुसार यातायात व्यवस्था विभागले समेत सवारीसाधनको वास्तविक मोटर क्षमता परीक्षण नगरी सडकमा सञ्चालनयोग्य रहेको प्रमाणपत्र मात्र उपलब्ध गराउने गरेको देखिएको छ । आयातकर्ताले पेस गरेका विवरणमा उल्लेख गरिएको ‘पिक मोटर पावर’ को पुष्टि गर्ने आधिकारिक परीक्षण प्रतिवेदन, डाइनामोमिटर टेस्ट वा उत्पादक कम्पनीद्वारा प्रमाणित प्राविधिक कागजातसमेत संलग्न नरहेको उल्लेख छ ।

    महालेखा परीक्षणका क्रममा उत्पादक कम्पनीहरूको आधिकारिक वेबसाइट, क्याटलग तथा अन्य देशमा निर्यात गरिएका मोडलहरूको विवरण अध्ययन गर्दा नेपालमा कम क्षमतामा घोषणा गरिएका धेरै सवारीसाधन वास्तविक रूपमा १०० देखि २०० किलोवाट वा सोभन्दा माथिको क्षमताका रहेको देखिएको हो । त्यसका बाबजुद रसुवा र तातोपानी भन्सार कार्यालयबाट कतिपय सवारीसाधन ९९.९ किलोवाट वा १०० किलोवाट उल्लेख गरी न्यून दरको भन्सार उपशीर्षकअन्तर्गत जाँचपास गरिएको प्रतिवेदनमा उल्लेख छ ।

    यसरी गलत घोषणामार्फत रसुवा भन्सार कार्यालयबाट करिब १ अर्ब २७ करोड २७ लाख ९१ हजार रुपैयाँ तथा तातोपानी भन्सार कार्यालयबाट १ अर्ब २३ करोड ५५ लाख २५ हजार रुपैयाँ गरी कुल २ अर्ब ५० करोड ८३ लाख १६ हजार रुपैयाँ बराबरको राजस्व छुट भएको आशंका गरिएको छ । महालेखाले मोटर क्षमताको प्राविधिक परीक्षण, डाइनामोमिटर टेस्ट तथा उत्पादक देशका मापदण्डअनुसार पुनः परीक्षण गरी छुट भएको महसुल तथा कर असुल गर्नुपर्ने औंल्याएको छ ।

    प्रतिवेदनमा विशेषगरी चीनबाट आयात गरिएको ‘जिकर एक्स’ मोडलको ईभीमा गम्भीर विसंगति देखाइएको छ । एक आयातकर्ताले उक्त सवारीसाधनलाई २०० किलोवाट क्षमताको भन्दै भन्सार उपशीर्षक ८७०३.८०.६९ अन्तर्गत जाँचपास गराएको थियो । तर उत्पादक कम्पनीको आधिकारिक क्याटलग तथा निर्यात विवरणअनुसार उक्त मोडलको पिक मोटर पावर २७२ पिएस अर्थात् २००.०६ किलोवाट रहेको पाइएको छ । यस्तो अवस्थामा २०० देखि ३०० किलोवाट क्षमतामा लागू हुने ६० प्रतिशत भन्सार महसुल र ३५ प्रतिशत अन्तःशुल्क लाग्नुपर्नेमा न्यून दरमा जाँचपास गरिएको भन्दै तातोपानी भन्सार कार्यालयबाट मात्रै करिब १९ करोड ६७ लाख ३० हजार रुपैयाँ राजस्व छुट भएको उल्लेख गरिएको छ ।

    यस्तै डिपल ई०७, ज्याक जे–६, एमटर ११ र एक्स पिङ्ग लगायतका मोडलहरूमा पनि वास्तविक मोटर क्षमता २०० किलोवाटभन्दा माथि रहेको देखिए पनि कम क्षमतामा घोषणा गरी न्यून करदरमा जाँचपास गरिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले यस्ता सबै सवारीसाधनको विस्तृत प्राविधिक परीक्षण गरी वास्तविक राजस्व असुल गर्न सरकारलाई निर्देशन दिएको छ ।

    विद्युतीय सवारीसाधन (ईभी) आयातमा मोटर क्षमतासम्बन्धी गलत घोषणा गरेर अर्बौं रुपैयाँ राजस्व छली गरिएको थप विवरण सार्वजनिक भएको छ । महालेखा परीक्षणसम्बन्धी प्रतिवेदनअनुसार विभिन्न आयातकर्ताले वास्तविकभन्दा कम ‘पिक मोटर पावर’ उल्लेख गरी न्यून करदरमा सवारीसाधन जाँचपास गराएका कारण ठूलो मात्रामा भन्सार महसुल र अन्तःशुल्क छुट भएको देखिएको हो ।

    प्रतिवेदनअनुसार २०० किलोवाटभन्दा माथिको मोटर क्षमता भएका सवारीसाधनलाई १०० देखि २०० किलोवाट श्रेणीमा राखेर भन्सार उपशीर्षक ८७०३.८०.६९ अन्तर्गत जाँचपास गरिएको पाइएको छ । यसरी न्यून दरमा जाँचपास गर्दा तातोपानी भन्सार कार्यालयबाट ९ करोड २१ लाख २५ हजार रुपैयाँ र रसुवा भन्सार कार्यालयबाट ८१ करोड २० लाख ८८ हजार रुपैयाँ गरी कुल ९० करोड ४२ लाख १३ हजार रुपैयाँ राजस्व छुट भएको उल्लेख गरिएको छ । यसअघि देखिएको अन्य छुट रकमसमेत जोड्दा कुल १ अर्ब १० करोड ९ लाख ४३ हजार रुपैयाँ असुल गर्नुपर्ने महालेखाले औंल्याएको छ ।

    महालेखाले तातोपानी भन्सार कार्यालयबाट आयात गरिएको ‘नामी बक्स’ मोडलका विद्युतीय गाडीमा समेत गम्भीर विसंगति देखिएको जनाएको छ । आयातकर्ताले उक्त गाडीको पिक मोटर पावर ५० किलोवाट उल्लेख गरी न्यून करदरमा जाँचपास गराएका थिए । तर, उत्पादक कम्पनीसँग सम्बन्धित डोइफेङ्ग नेपालको आधिकारिक वेबसाइटमा उपलब्ध ब्रोसरमा सोही मोडलको मोटर क्षमता ७० किलोवाट रहेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

    यातायात व्यवस्था विभागले समेत ती सवारीसाधनको वास्तविक मोटर क्षमता परीक्षण नगरेको र सडक सञ्चालनयोग्य प्रमाणपत्र मात्र दिएको पाइएको छ । त्यस्तै, सोही मोडलका गाडी अन्य कारोबारमा ५० देखि १०० किलोवाट श्रेणीअन्तर्गत जाँचपास भएको तथ्यसमेत भेटिएको छ । त्यसैले उक्त सवारीसाधनलाई ५० देखि १०० किलोवाट श्रेणीअन्तर्गत पर्ने भन्सार उपशीर्षक ८७०३.८०.५९ अनुसार २० प्रतिशत भन्सार महसुल र १५ प्रतिशत अन्तःशुल्क लगाउनुपर्ने भन्दै छुट भएको १७ करोड ४१ लाख २९ हजार रुपैयाँ छानबिन गरी असुल गर्न महालेखाले निर्देशन दिएको छ ।

    यस्तै, चीनबाट आयात गरिएको ‘एक्स ३० एलईभी प्यासेन्जर भ्यान’ मा पनि मोटर क्षमता कम देखाएर जाँचपास गरिएको प्रतिवेदनमा उल्लेख छ । आयातकर्ताले उक्त भ्यानको पिक मोटर पावर ५० किलोवाट उल्लेख गरी भन्सार उपशीर्षक ८७०३.८०.२९ अन्तर्गत जाँचपास गराएका थिए । तर उत्पादक कम्पनीको क्याटलग, अन्तर्राष्ट्रिय निर्यात विवरण तथा नाडा अटो शोको अनलाइन ब्रोसरमा सो भ्यानको पिक मोटर पावर ६० किलोवाट रहेको देखिएको छ ।

    महालेखाले यस्तो अवस्थामा उक्त सवारीसाधनलाई ५० देखि १०० किलोवाट श्रेणीअन्तर्गतको भन्सार उपशीर्षक ८७०३.८०.५९ मा राखी २० प्रतिशत भन्सार महसुल र १५ प्रतिशत अन्तःशुल्क लगाउनुपर्ने उल्लेख गरेको छ । यसरी न्यून करदरमा जाँचपास हुँदा ९ करोड ८० लाख ५१ हजार रुपैयाँ राजस्व छुट भएको भन्दै छानबिन गरी असुल गर्नुपर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिवेदनले ईभी आयातमा प्राविधिक परीक्षण प्रणाली नै कमजोर रहेको औंल्याउँदै मोटर क्षमताको स्वतन्त्र परीक्षण, डाइनामोमिटर टेस्ट तथा उत्पादक कम्पनीको आधिकारिक स्पेसिफिकेसन अनिवार्य गर्न सरकारलाई सुझाव दिएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    ईभीमा ‘ग्रीन नेपाल’, राजस्वमा ‘ब्ल्याक होल’ !
    २ घण्टा अघि

  • २

    प्रेस स्वतन्त्रता नियन्त्रण गर्ने मनसाय छैन,जिम्मेवार हुन सञ्चारमन्त्रीको आग्रह
    १७ घण्टा अघि

  • ३

    नेपालको डिजिटल भुक्तानी प्रणाली: सुरक्षित भनिएको तर भित्र जोखिमको जाल?
    १८ घण्टा अघि

  • ४

    भारतले चिया निर्यातसम्बन्धी नियम खुकुलो बनायो, नेपाली चिया निर्यात खुला
    १९ घण्टा अघि

  • ५

    संसदको मर्यादा कायम राख्न श्रम संस्कृतिका सांसदहरूलाई सभामुखको निर्देशन
    १९ घण्टा अघि

  • ६

    संसदमा हर्क साम्पाङको लगातार विरोध, सरकारलाई संसदप्रति जवाफदेही हुन आग्रह
    २0 घण्टा अघि

  • ७

    २० दिन बिदामा बसिन् सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल
    २0 घण्टा अघि

  • ८

    सशस्त्र प्रहरीका डीआईजी अञ्जनीकुमार पोखरेल एआईजी बढुवाका लागि सिफारिस
    २१ घण्टा अघि

  • ९

    प्रतिनिधिसभाको बैठक बस्दै ,बजेटको छलफलपछि अर्थमन्त्री वाग्लेको जवाफ दिने
    २१ घण्टा अघि

  • १०

    कृष्णकुमार कार्की विवादमा छानबिन गर्न आशिका तामाङको माग
    २१ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी सम्पत्ति हिनामिनाको आशंका, एनसेल कार्यालयमा सीआईबीको छापा

    नेपाल नक्सा
    २

    महालेखा परीक्षकको ६३ औँ वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश

    नेपाल नक्सा
    ३

    हिमालयन रि इन्स्योरेन्समाथि प्राधिकरणको ठूलो कारबाही, नयाँ कारोबार बन्द

    नेपाल नक्सा
    ४

    गुप्तचर विभाग फेरि पुग्यो प्रधानमन्त्री कार्यालयमा

    नेपाल नक्सा
    ५

    विज्ञान तथा नवप्रवर्तन मन्त्रालय बनेपछि महावीर पुन खुसी, भने– लामो समयको माग पूरा भयो

    नेपाल नक्सा
    ६

    गुणस्तरहीन खाद्य वस्तु बजारबाट हटाउन विभागको कडाइ, चाउचाउ र बिस्कुट फिर्ता निर्देशन

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution