
काठमाडौँ । सांसद आशिका तामाङ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की सँग जोडिएको विवादबारे निष्पक्ष अनुसन्धान गर्न माग गरेकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले महिला स्वदेशी होस् वा विदेशी, सबैको सम्मान र न्याय हुनुपर्ने बताएकी छन् । कार्कीमाथि गर्भवती प्रेमिकालाई समस्यामा पारेको आरोप सार्वजनिक भएपछि उनले बाहिर आएका विषय सत्य हुन् वा होइनन् भन्ने कुरा अनुसन्धानबाट स्पष्ट हुनुपर्ने धारणा राखिन् ।
तामाङले महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील विषयमा प्रमाणसहित छानबिन आवश्यक रहेको उल्लेख गरेकी छन् । उनले पार्टीभन्दा देश ठूलो हुने भन्दै कसैले अन्याय गरेको भए, त्यो आफ्नै पक्षको व्यक्ति भए पनि गलतलाई गलत भन्न सक्नुपर्ने बताएकी छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे