
काठमाडौँ । संघीय संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । विपक्षी दलहरूले प्रधानमन्त्रीको उपस्थितिको माग गर्दै बुधबार संसद् अवरोध गरेपछि त्यस दिनको बैठकमा छलफल हुन सकेको थिएन ।
आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८३र८४ को सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले धारणा राख्नेछन् । छलफलपछि नीति तथा कार्यक्रमलाई निर्णयका लागि पेश गर्ने तयारी गरिएको छ । यही अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको बजेट पनि ल्याउने तयारी गरिरहेको छ ।
त्यसैगरी, राष्ट्रिय सभाको बैठक पनि बिहान ११स्१५ बजे बस्नेछ । उक्त बैठकमा पनि नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । साथै, अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे