
काठमाडौँ । संघीय संसद्अन्तर्गत आज तीन वटा संसदीय समितिको बैठक बस्दैछन् । बिहान ९:३० बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को काम, अनुसन्धान कार्यक्रम, समस्या र आगामी योजनाबारे छलफल हुनेछ ।
बिहान १० बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्नेछ । बैठकमा आदिवासी जनजाति आयोगले हालसम्म गरेका काम, सामना गरिरहेका चुनौती र भविष्यका योजनाबारे आयोगका पदाधिकारीसँग छलफल गरिनेछ ।
त्यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा काठमाडौँ उपत्यकाको सुकुम्वासी व्यवस्थापनको विषय उठाइनेछ । सहरी व्यवस्थापन सुधार र सुकुम्वासी समस्याको दीर्घकालीन समाधानका उपायबारे सरोकारवाला निकायसँग परामर्श गरिने संसद् सचिवालयले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे