
काठमाडौँ । तेह्रथुमको लालीगुराँस नगरपालिकाले बाँदरको बढ्दो समस्यालाई नियन्त्रण गर्न जेठ १ गते नगरपालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यस दिन किसान, जनप्रतिनिधि, कर्मचारी र सर्वसाधारण मिलेर सामूहिक रूपमा बाँदर धपाउने अभियान सञ्चालन गरिनेछ। बाँदरले अन्नबाली र तरकारी नष्ट गर्न थालेपछि किसान ठूलो नोक्सानीमा परेको र बालबालिकासमेत पढाइ छाडेर खेतबारी जोगाउनुपर्ने अवस्था आएको नगरपालिकाले जनाएको छ।
अभियान जेठ १ र २ गते सञ्चालन हुनेछ। बाँदर नियन्त्रणका लागि हेरालु पनि खटाइएको छ। नगरपालिकाले विभिन्न स्थानमा बाँदर धपाउने व्यवस्था मिलाएको छ। पछिल्ला वर्षहरूमा पहाडी जिल्लामा बाँदरले खेती नष्ट गर्ने समस्या निकै बढ्दै गएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे