
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन माग गरेको छ। कांग्रेस सांसद निश्कल राईले संसद्मा आकस्मिक समयमा बोल्दै सभामुखलाई प्रधानमन्त्रीलाई बोलाउन निर्देशन दिन आग्रह गरे।
उनले प्रधानमन्त्री संसद्मा उपस्थित नहुनु र नीति तथा कार्यक्रममाथि छलफल भइरहँदा पनि जवाफ दिन नआउनु गम्भीर विषय भएको बताए। उनका अनुसार यसले संसद्को मर्यादा र गरिमा कमजोर बनाउँछ।
राईले हिजोको बैठकमा पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे चासो उठाइएको स्मरण गर्दै आज पनि उनको अनुपस्थिति देखिएको बताए। उनले प्रधानमन्त्रीलाई संसद्मा ल्याउन सभामुखले तत्काल पहल गर्नुपर्ने माग गरे।
कांग्रेसले प्रधानमन्त्रीको अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै संसद्को सम्मान र प्रभावकारिताका लागि उनको उपस्थिति आवश्यक रहेको बताएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे