• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ अषाढ १५, सोमबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा

१0 घण्टा अघि
२

एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै

११ घण्टा अघि
३

९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो

१२ घण्टा अघि
४

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ

१२ घण्टा अघि
५

सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह

१३ घण्टा अघि
६

पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु

१३ घण्टा अघि
७

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता

१४ घण्टा अघि
८

फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा

१४ घण्टा अघि
९

यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा

१४ घण्टा अघि
१०

आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त

१५ घण्टा अघि
११

असार १५ मा किन खाइन्छ दहीचिउरा ? संस्कृति, स्वास्थ्य र कृषिसँग जोडिएको परम्परा

१५ घण्टा अघि
१२

लेखापरीक्षण र जनशक्ति व्यवस्थापनमा सरकारी संस्थानको बेथिति, मन्त्रालयलाई सुधारको सुझाव

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

५ महिना अघि
२

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
३

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
४

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

१0 महिना अघि
५

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
६

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

१0 महिना अघि
९

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८३ बैशाख ३०, बुधबार (१ महिना अघि)

दोहोरो संस्था, दोहोरो जिम्मेवारी : आदिवासी जनजाति क्षेत्रमा अन्योल

  • 2,210 Views
  • काठमाडौँ । नेपालको संविधानको धारा २६१ बमोजिम स्थापित आदिवासी जनजाति आयोगले आदिवासी जनजाति समुदायको हक, हित, पहिचान, गौरवमय इतिहास र संस्कृतिको संरक्षण तथा सशक्तीकरण गर्ने संवैधानिक जिम्मेवारी वहन गर्दै आएको छ । आयोगमा अध्यक्षसहित अधिकतम चार जना सदस्य रहने व्यवस्था छ भने उनीहरूको नियुक्ति संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ । आयोगमा कुल १३ कर्मचारीको दरबन्दी रहेको उल्लेख छ ।

    आयोगको अनुसार आ.व २०८०/८१ मा आयोगको कुल बजेट तथा खर्च विवरण करिब ३ करोड १४ लाख रुपैयाँ बराबर रहेको छ । उक्त अवधिमा सरकारी विनियोजन खर्च, प्रशासनिक सञ्चालन तथा अन्य खर्च समावेश गरिएको छ । सीमित बजेटका बाबजुद आयोगले आफ्नो संवैधानिक जिम्मेवारी अनुसार विभिन्न अध्ययन, छलफल, अन्तरक्रिया तथा नीतिगत सुझावका कार्यक्रमहरू सञ्चालन गर्दै आएको देखिन्छ ।

    आदिवासी जनजाति आयोग ऐन, २०७४ अनुसार आयोगलाई कुल १९ वटा कार्यक्षेत्र तोकिएको छ । ती कार्यक्षेत्रअन्तर्गत आयोगले समुदायको समग्र अवस्था अध्ययन गर्ने, अधिकार संरक्षण तथा संवर्धन गर्ने, सरकारी तथा गैरसरकारी निकायका कार्यक्रमहरूको समन्वय गर्ने र आवश्यक नीतिगत सिफारिस दिने जिम्मेवारी पाएको छ । यस अवधिमा आयोगले विभिन्न विषयमा नीतिगत सिफारिस, राय सुझाव, अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेको उल्लेख छ ।

    आयोगले आदिवासी जनजाति समुदायसम्बन्धी एकीकृत राष्ट्रिय नीति निर्माण तथा कार्यान्वयनमा सरकारलाई प्रभावकारी भूमिका निर्वाह गराउनुपर्ने आवश्यकता औँल्याएको छ । साथै, सरकारी तथा गैरसरकारी निकायबाट सञ्चालन हुने लक्षित कार्यक्रमहरूमा एकरूपता ल्याउन नीतिगत र कार्यक्रमगत समन्वय आवश्यक रहेको आयोगको निष्कर्ष छ । तर यी सिफारिसहरूको कार्यान्वयन पक्ष अपेक्षाकृत कमजोर रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

     प्रतिवेदनले आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबीचका जिम्मेवारीहरूमा दोहोरोपन देखिएको जनाएको छ । आयोग ऐन २०७४ र प्रतिष्ठान ऐन २०५८ बीच कार्यक्षेत्र तथा जिम्मेवारी दोहोरिने अवस्था रहेकाले नीतिगत स्पष्टता आवश्यक रहेको सुझाव दिइएको छ । यस्तो दोहोरो संरचनाले कार्य प्रभावकारिता घटाउने जोखिम रहेको प्रतिवेदनले औँल्याएको छ ।

    आदिवासी जनजाति समुदायको परिभाषा, पहिचान र परिचयसम्बन्धी विषयमा पनि एकरूपता कायम गर्नुपर्ने आवश्यकता प्रतिवेदनमा उल्लेख छ । कानुनी तथा संस्थागत संरचनामा आवश्यक परिमार्जन नगरेसम्म आयोगको प्रभावकारिता अपेक्षित रूपमा वृद्धि हुन नसक्ने निष्कर्ष निकालिएको छ ।

    आयोगले आफ्नो वार्षिक प्रतिवेदनमार्फत सिफारिस कार्यान्वयनमा समस्या रहेको पनि स्वीकार गरेको छ । आयोग ऐन २०७४ को दफा ७ अनुसार आयोगले गरेका सिफारिस तथा सुझावहरूको कार्यान्वयन अनुगमन गर्ने व्यवस्था भए पनि व्यवहारमा ती सिफारिसहरूको कार्यान्वयन कमजोर रहेको देखिएको छ । आ.व २०७७/७८ देखि २०७९/८० सम्म आयोगले नेपाल सरकार, प्रदेश सरकार तथा अन्य निकायलाई विभिन्न विषयमा कुल ७१ वटा सिफारिस गरेको उल्लेख छ ।

    तर ती सिफारिसहरूको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको प्रतिवेदनले संकेत गरेको छ । नीति निर्माणदेखि कार्यान्वयन तहसम्म समन्वय कमजोर हुँदा आयोगको भूमिका औपचारिकतामा सीमित हुने जोखिम देखिएको छ ।

    आयोगको प्रशासनिक तथा वित्तीय व्यवस्थापनतर्फ हेर्दा आ.व २०८०/८१ मा बेरुजु रकम करिब ७ हजार रुपैयाँ मात्र देखिएको छ । उक्त बेरुजु रकम फस्र्योट नभएको र बाँकी रहेको विवरणसमेत प्रतिवेदनमा उल्लेख छ । यद्यपि बेरुजु रकम न्यून देखिए पनि समग्र प्रणालीगत सुधार आवश्यक रहेको निष्कर्ष निकालिएको छ ।

    समग्रमा आदिवासी जनजाति आयोगले संवैधानिक जिम्मेवारीअनुसार विभिन्न गतिविधि सञ्चालन गरे पनि कानुनी दोहोरोपन, सिफारिस कार्यान्वयन कमजोर, सीमित स्रोतसाधन र संस्थागत समन्वयको अभावका कारण अपेक्षित प्रभावकारिता हासिल गर्न नसकेको देखिन्छ । आयोगको भूमिका सुदृढ बनाउन कानुनी सुधार, स्पष्ट कार्यक्षेत्र निर्धारण, स्रोतसाधन वृद्धि तथा सिफारिस कार्यान्वयन प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता प्रतिवेदनले औँल्याएको छ ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    सरकार विरोधी आन्दोलनपछि सर्बियाका राष्ट्रपतिले दिए राजीनामा
    १0 घण्टा अघि

  • २

    एनसेलले ५ प्रदेशका १३ जिल्लामा थ्रीजी सेवा बन्द गर्दै
    ११ घण्टा अघि

  • ३

    ९२औँ मिनेटमा युस्टाक्वियो चम्किए, क्यानडाले दक्षिण अफ्रिकालाई हराउँदै अन्तिम १६ मा स्थान बनायो
    १२ घण्टा अघि

  • ४

    धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए शपथ
    १२ घण्टा अघि

  • ५

    सुकुम्वासीलाई होल्डिङ सेन्टरबाट जबरजस्ती ननिकाल्न नारायणकाजी श्रेष्ठको आग्रह
    १३ घण्टा अघि

  • ६

    पाकिस्तान–अफगानिस्तान सीमामा तनाव: हवाई आक्रमणमा दर्जनौंको मृत्यु
    १३ घण्टा अघि

  • ७

    भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या १५०० पुग्यो ,हजारौं अझै बेपत्ता
    १४ घण्टा अघि

  • ८

    फुटेको हाँडी जोड्ने प्रयास असफलता लुकाउने खेल हो : गोकुल बास्कोटा
    १४ घण्टा अघि

  • ९

    यसै वर्ष बंगलादेश फर्किने शेख हसीनाको घोषणा
    १४ घण्टा अघि

  • १०

    आज राष्ट्रिय धान दिवस मनाइँदै, वर्षा नहुँदा रोपाइँ सुस्त
    १५ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    रास्वपा महाधिवेशन : ९९ केन्द्रीय सदस्य निर्वाचित,पदाधिकारी निर्वाचन अझै अन्योलमा

    नेपाल नक्सा
    २

    सम्पत्ति शुद्धीकरण र धितोपत्र मुद्दाको असर : ठूला कम्पनीको रेटिङ निगरानीमा

    नेपाल नक्सा
    ३

    रास्वपा महाधिवेशन:विदेशमा रहेका प्रतिनिधिले मोबाइलबाटै भोट हाल्न मिल्ने

    नेपाल नक्सा
    ४

    अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

    नेपाल नक्सा
    ५

    उपभोक्ता समिति प्रणालीको दुरुपयोग, १४३ स्थानीय तहमा नियमविपरीत निर्माण कार्य

    नेपाल नक्सा
    ६

    विश्वकपमा मेसी सर्वाधिक गोलकर्ता, अर्जेन्टिना र फ्रान्स अन्तिम ३२ मा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution