
काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ।
महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूमा परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिनेछ। आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिने र जेठ १० गते राति ११:५९ बजेसम्म आवेदन दिन सकिने महानगरले जनाएको छ।
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट मार्फत आवेदन दिन सक्नेछन्। महानगरका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा बहुविकल्पीय प्रश्न सोधिनेछ।
त्यसैगरी, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा र परीक्षा केन्द्रसम्बन्धी विस्तृत जानकारी महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको पनि जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे