
काठमाडौँ । इरानसँग सम्बन्धित युद्धका कारण ऊर्जा (तेल) को मूल्य बढ्दै गएको भन्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ले नागरिकलाई खर्च र खपत कम गर्न आग्रह गरेका छन् । उनले भारतका १.४ अर्ब नागरिकलाई अनावश्यक यात्रा नगर्न, घरबाटै काम गर्न र सुन किन्ने बानी कम गर्न अपील गरेका हुन् ।
तेलंगाना भ्रमणका क्रममा हैदराबाद र सिकन्दराबादमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको अर्थतन्त्र जोगाउन सबैले सहयोग गर्नुपर्ने बताए । भारतमा विवाह र अन्य अवसरमा ठूलो मात्रामा सुन किन्ने चलन भएकाले त्यसलाई कम गर्न उनले विशेष जोड दिएका छन् ।
त्यसैगरी, उनले सार्वजनिक यातायात वा कारपुल प्रयोग गर्न, पेट्रोल–डिजेलको प्रयोग घटाउन र ऊर्जा बचत गर्न सुझाव दिएका छन् । किसानलाई रासायनिक मलको प्रयोग आधा घटाउन पनि उनले आग्रह गरेका छन् ।
मोदीले विद्युतीय सवारी साधन प्रयोग बढाउनुपर्ने र खाना पकाउने तेलको खपत पनि कम गर्नुपर्ने बताएका छन् । यसलाई उनले स्वास्थ्यका लागि राम्रो र देशप्रेमी कदम भएको बताएका छन् । उनको यस्तो अपीलपछि भारतमा सुन र गहना कम्पनीहरूको सेयर मूल्य घटेको पनि रिपोर्ट गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे