
काठमाडौँ । भैरवी गाउँपालिका की गाउँपालिका अध्यक्ष रिताकुमारी शाही पक्राउ परेकी छन् । प्रहरीले उनलाई बैंकिङ कसुरको आरोपमा नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार शाहीले दिएको करिब ५ लाख रुपैयाँ बराबरको चेक बैंकमा साट्न जाँदा रकम नभएपछि चेक बाउन्स भएको थियो । त्यसपछि एक स्थानीय व्यक्तिले उनीविरुद्ध उजुरी दिएका थिए ।
उजुरीपछि प्रहरीले अनुसन्धान सुरु गर्दै उनलाई पक्राउ गरेको जनाएको छ । अहिले अदालतबाट म्याद थप गरेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे