
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वार्षिक बैठक सम्पन्न गरेको छ । बैठकमा गत आर्थिक वर्षको प्रगति समीक्षा, उपलब्धिको मूल्यांकन तथा आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको बैंकले जनाएको छ ।
बैंकले आयोजना गरेको वार्षिक समीक्षा तथा सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ ले उत्कृष्ट कार्यसम्पादन गर्ने शाखा प्रमुख तथा उत्कृष्ट कर्मचारीहरूलाई अवार्ड तथा सम्मान वितरण गरेका छन्।
उक्त कार्यक्रममा बैंकका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा डेपुटी प्रमुख कार्यकारी अधिकृत योगेन्द्र सिंह उदावत, डेपुटी जनरल म्यानेजर केशव राज पौडेल, आशुतोष शर्मा, सिद्धार्थ राणा, सहायक जनरल म्यानेजर सन्तोष कुमार भट्टराई तथा विष्णु प्रसाद ज्ञवाली लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बैंकको गत आर्थिक वर्षको कार्यसम्पादन समीक्षा गर्दै उत्कृष्ट नतिजा हासिल गर्ने शाखा तथा कर्मचारीहरूलाई सम्मान गरिएको बैंकले जनाएको छ।
बैठकमा बैंकको वित्तीय तथा संस्थागत प्रगतिबारे समीक्षा गर्दै आगामी दिनमा थप प्रभावकारी सेवा विस्तार, व्यवसायिक वृद्धि र संस्थागत सुदृढीकरणमा जोड दिइएको थियो । बैंकले उत्कृष्ट कार्यसम्पादन गर्ने शाखाहरूलाई सम्मान गर्दै प्रतिस्पर्धात्मक र परिणाममुखी कार्यसंस्कृति विकास गर्ने उद्देश्य राखेको जनाएको छ ।
वार्षिक बैठकमा शाखा कार्यालयहरूको कार्यसम्पादन, सेवा प्रवाह, ग्राहक सन्तुष्टि तथा व्यवसाय विस्तारका विषयमा समीक्षा गरिएको थियो । उत्कृष्ट नतिजा हासिल गर्ने शाखाहरूलाई पुरस्कृत गर्दै आगामी दिनमा थप जिम्मेवार र प्रभावकारी सेवा प्रदान गर्न प्रेरित गरिएको बैंकले जनाएको छ ।
बैठकमा आगामी रणनीति, सञ्चालन सुधार, सेवा विस्तार तथा बैंकलाई नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा थप सुदृढ बनाउने विषयमा विशेष जोड दिइएको थियो । बैंकले संस्थागत सुशासन, सेवा गुणस्तर र प्रविधिमैत्री बैंकिङ सेवामार्फत दीर्घकालीन विकासलाई प्राथमिकतामा राख्ने जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे