
काठमाडौँ । रामचन्द्र पौडेलले सरकारले पुनः सिफारिस गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अन्ततः जारी गरेका छन्। यसअघि सरकारले पठाएका ८ अध्यादेशमध्ये ७ वटा मात्र जारी गरेर उनले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि० सम्बन्धी अध्यादेश भने पुनर्विचार गर्न भन्दै फिर्ता पठाएका थिए।
राष्ट्रपतिले विशेषगरी अध्यादेशमा समावेश गरिएको निर्णय प्रक्रिया सम्बन्धी प्रावधानमा चासो देखाउँदै त्यसलाई सच्याउन सुझाव दिएका थिए। सरकारले आवश्यक संशोधनसहित पुनः सिफारिस गरेपछि भने उक्त अध्यादेश आज जारी गरिएको हो।
यससँगै अब संवैधानिक परिषद् सञ्चालनसम्बन्धी व्यवस्था अध्यादेशमार्फत लागू हुने भएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे