
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले विद्यार्थी संगठन र कर्मचारी ट्रेड युनियन हटाउने निर्णय कसैको अधिकार खोस्न नभई प्रणाली सुधारका लागि गरिएको बताएका छन्। उनले यो कदम कुनै पनि पार्टीविरुद्ध नभएको स्पष्ट पारेका छन्।
उनका अनुसार लामो समयदेखि विद्यार्थी र कर्मचारी क्षेत्रमा दलगत राजनीति बढ्दा प्रणाली कमजोर भएको थियो। धेरै संगठनहरू आफ्ना सदस्यको हितभन्दा बढी पार्टीको प्रभावमा चल्ने “स्लिपर सेल” जस्ता बनेका थिए। यसले योग्यता र क्षमताभन्दा पहुँच र राजनीति बलियो हुने अवस्था सिर्जना गरेको थियो।
प्रधानमन्त्रीले भने, नयाँ संगठन बनाउन नसकेर होइन, तर थप दलगत प्रभाव बढाउनु सही समाधान नभएकाले यस्तो निर्णय गरिएको हो। अब शिक्षालयमा दलका झण्डा र कर्मचारीतन्त्रमा दलगत प्रभाव हटाइनेछ।
उनका अनुसार अब नियुक्ति, सरुवा र बढुवा जस्ता निर्णय क्षमता र योग्यताका आधारमा हुनेछन्। विद्यार्थीले राजनीति सिक्नुपर्छ, तर सभ्य र जिम्मेवार तरिकाले सिक्नुपर्ने उनले बताएका छन्। कर्मचारीले पनि जनताको सेवा गर्नुपर्ने, कुनै पार्टीको होइन।
सरकारले यो निर्णय देशको प्रणाली बलियो बनाउन र भविष्य सुरक्षित गर्नका लागि गरेको भन्दै सबैलाई साथ र विश्वास दिन आग्रह गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे