
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ को ६० औँ साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भएको छ। बिहानैदेखि व्यवसायीहरू उत्साहका साथ मतदानमा सहभागी भइरहेका छन्। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले पनि आफ्नो मत खसालिसकेका छन्।
यसपटक महासंघका ७३ पदका लागि १३७ जना व्यवसायी मैदानमा उत्रिएका छन्। जिल्लारनगर, वस्तुगत र एशोसिएट समूहका विभिन्न पदमा प्रतिस्पर्धा हुँदैछ। वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष र कोषाध्यक्षजस्ता प्रमुख पदका लागि छुट्टै मतदान हुनेछ।
जिल्लारनगर उपाध्यक्ष पदमा चार जना प्रतिस्पर्धामा छन् भने वस्तुगत र एशोसिएट उपाध्यक्षमा दुई-दुई जना उम्मेदवार छन्। विभिन्न समूहले प्यानल बनाएर चुनावलाई झन् रोचक र प्रतिस्पर्धात्मक बनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे