
काठमाडौँ । आजदेखि देशभर विद्यालय तहको नयाँ शैक्षिक सत्र औपचारिक रूपमा सुरु भएको छ। सरकारको निर्णयअनुसार अब प्रत्येक वर्ष वैशाख १५ गतेबाट शैक्षिक सत्र सुरु गरिने व्यवस्था गरिएको छ।
यसअघि वैशाख २ गतेबाट सत्र सुरु हुने गरेको थियो। तर परीक्षा नसकिँदै निजी विद्यालयले भर्ना खोल्ने प्रवृत्ति रोक्न र इन्धन आपूर्तिमा हुने समस्यालाई ध्यानमा राख्दै मिति परिवर्तन गरिएको हो। यद्यपि, केही ठाउँमा स्थानीय तहको सहमतिमा वैशाख १५ अघि नै भर्ना भइसकेको छ।
सरकारले नियमविपरीत लिइएको भर्ना र अन्य अतिरिक्त शुल्क फिर्ता गर्न पनि निर्देशन दिएको छ। साथै, परीक्षा नतिजा नआएसम्म र आवश्यक कागजात नपाएसम्म भर्ना नखोल्न सर्वोच्च अदालतले पनि आदेश दिएको छ।
अब परीक्षा परिणाम सार्वजनिक भएपछि मात्र भर्ना प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था लागू गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे