
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सुकुम्बासी बस्ती स्थानान्तरणका कारण प्रभावित विद्यार्थीलाई सहयोग गर्न ६ बुँदे निर्देशन जारी गरेका छन्। मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यसबारे सबै स्थानीय तहलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।
बस्ती हटाउँदा विद्यार्थीको पढाइ, परीक्षा र विद्यालय सञ्चालनमा असर नपरोस् भनेर व्यवस्था मिलाउन भनिएको छ। विशेषगरी कक्षा १२ का परीक्षार्थीलाई परीक्षा केन्द्रसम्म जान सहयोग गर्न निर्देशन दिइएको छ।
प्रभावित विद्यार्थीलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन पनि अनुरोध गरिएको छ। साथै, विद्यालय प्रभावित भए वैकल्पिक व्यवस्था गर्न भनिएको छ। कुनै समस्या वा गुनासो भए मन्त्रालयमा पठाउन स्थानीय तहलाई निर्देशन दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे