
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले नदी किनारका सुकुमवासी बस्ती हटाएर खाली गरिएको सरकारी जग्गा सुरक्षित राख्न तुरुन्त काम गर्न निर्देशन दिनुभएको छ। थापाथलीस्थित बागमती किनारको निरीक्षण गर्दै उहाँले अब खाली भएका र आगामी दिनमा खाली गरिने ठाउँमा तारबार लगाएर संरक्षण गर्नुपर्ने बताउनुभयो।
यसका लागि बागमती सभ्यता विकास समिति र अन्य निकायसँग समन्वय गरेर काम अघि बढाउन उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिनुभएको छ। साथै, सार्वजनिक निर्माण विभागमार्फत तारबारको काम छिट्टै सुरु गरिनेछ।
महानगरले नदी किनारका अनधिकृत बस्ती हटाउने क्रममा थापाथली क्षेत्रका १३६ घरटहरा भत्काइसकेको छ। केही स्थानीयले आफैं घर खाली गरेका थिए भने बाँकी संरचना महानगरले हटाएको हो।
अब वास्तविक भूमिहीनहरूलाई अन्य स्थानमा सार्ने योजना बनाइएको छ। उपत्यकाभर नदी किनारमा अझै हजारौँ परिवार अव्यवस्थित रूपमा बस्दै आएको तथ्यांकले देखाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे