
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबनानबीच चलिरहेको युद्धविराम थप तीन हप्ताका लागि बढाइने बताएका छन्। वासिङ्टनमा विभिन्न देशका राजदूतहरूसँग भएको वार्तापछि उनले यो जानकारी दिएका हुन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जालमा लेख्दै बैठक राम्रो भएको र अमेरिकाले लेबनानलाई हिजबुल्लाहबाट सुरक्षित राख्न सहयोग गर्ने बताए। हाल चलिरहेको युद्धविराम आइतबार सकिने तय थियो, तर अब यसलाई केही समयका लागि लम्ब्याइएको छ।
यो युद्धविराम इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच भएको लामो युद्ध रोक्न गरिएको हो। ट्रम्पले लेबनानका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री चाँडै ह्वाइट हाउस आउने पनि बताएका छन्।
उनका अनुसार सबै पक्षले हिजबुल्लाहको प्रभाव कम गर्ने र लेबनानलाई स्थिर बनाउन काम गर्नुपर्नेछ। बैठकमा सहभागी इजरायल र लेबनानका राजदूतहरूले पनि वार्तामा ट्रम्पको भूमिकाको प्रशंसा गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे