• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ जेष्ठ २६, मंगलबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ

१ घण्टा अघि
२

मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन

१ घण्टा अघि
३

विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित

४ घण्टा अघि
४

कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब

४ घण्टा अघि
५

मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस

५ घण्टा अघि
६

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

५ घण्टा अघि
७

खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह

६ घण्टा अघि
८

अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने

६ घण्टा अघि
९

धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने

७ घण्टा अघि
१०

आजदेखि रास्वपाको प्रदेश अधिवेशन

७ घण्टा अघि
११

रिट्ज–कार्लटनको नेपाल प्रवेशले उच्चस्तरीय पर्यटनमा नयाँ सम्भावना : अर्थमन्त्री वाग्ले

७ घण्टा अघि
१२

मन्त्रिपरिषद बैठक बस्दै

७ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

४ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

९ महिना अघि
७

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

९ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

११ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
नेपाल नक्साप्रकाशित मिति: २०७८ चैत्र १, मंगलबार (४ साल अघि)

छानो चुहिएर बस्नै मिल्दैन, एउटा त्रिपाल किनेर हाल्न पाए रोक्थ्यो होला ,कुन सरकारले हेर्छ हामीलाई ?:पहिरोबाट पीडित चुरेका नागरिक

landslide victims

  • 3,966 Views
  • धनगढी, १ चैत । ३० वैशाखका लागि सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरेको छ । राजनीतिक दलहरू चुनाव केन्द्रित भइरहेका छन् । राजनीतिक दलहरूले गाउँगाउँमा खटाएका कार्यकर्ता विकास र समृद्धिका ठूल्ठूला गफ हाँकिरहेका छन् ।

    दलका नेता तथा कार्यकर्ता विकास र समृद्धिको नारा लगाउन व्यस्त भइरहँदा पहिरोबाट पीडित कैलालीको चुरेका नागरिक भने झुपडीमा राख्ने त्रिपाल नपाएर छटपटाइरहेका छन् । ‘देशमा तीन सरकार छन् रे, कुन सरकारले हेर्छ हामीलाई ?,’ १० महिनादेखि खुला आकाशमा बस्दै आएकी कैलालीको चुरे गाउँपालिका-४ कि निर्मला बुढामगरले प्रश्न गर्दै भनिन्, ‘हामीलाई आठ महिनासम्म त कुनै सरकारले केही दिएन, कसरी देशमा सरकार छ भन्ने ?’

    उनले प्लास्टिक बरेर झुपडी बनाएकी छन् । झुपडीमाथि पनि प्लास्टिकले नै छाएको छ । घर भित्रको अवस्था देखाउँदै निर्मला भन्छिन्, ‘अलि ठूलो पानी आँउदा छानो चुहिएर बस्नै मिल्दैन, एउटा त्रिपाल किनेर हाल्न पाए रोक्थ्यो होला, तर पैसाको निकै अभाव छ, हाम्रा सरकारले हेर्दैनन् ।’

    श्रीमान रोजगारीको सिलसिलामा भारतमा गएका भए पनि हालसम्म पैसा नपठाएको उनले बताइन् । उनी ६ वर्षीया र ६ महिने छोरीसहित असारदेखि सो ठाउँमा बस्दै आएकी छन् । पहिले बस्दै आएको घर, भएको जमीन पहिरोले लगेपछि जंगलमा बसेको उनले बताइन् । उनले बस्न र खान निकै समस्या भएको बताइन् ।

    चुरे गाउँपालिका–४ स्थित जंगलको बीच भागमा झुपडी बनाएर बस्दै आएका २७० बढी परिवारको यो साझा समस्या हो । गत असारमा आएको पहिरोका कारण चुरे गाउँपालिका–४ को सिंगो वस्ती विस्थापित भएको थियो । सो वस्तीलाई व्यवस्थापनका लागि हालसम्म कसैले नहेरको उनीहरूको गुनासो छ । ‘वर्षायाममै लगाइएका छानामाथिका त्रिपाल र प्लास्टिक च्यातिएपछि चिसोयाम खुला आकाशमै बिताउनुपर्‍याे,’ पहिरो पीडित प्रतिक्षा रोकामगरले भनिन्, ‘हामीलाई अरु केही चाहिएको थिएन, छानो ढाक्ने त्रिपाल भइदिए पुग्थ्यो ।’

    ‘स्थानीय सरकारले आफ्नो क्षमताले पहिरो पीडितलाई संरक्षण गर्न नसक्ने र केन्द्रमा बजेट माग गरिएको छ भन्ने सुनिएको छ,’ उनले भनिन्, ‘केन्द्र सरकारले कहिले बजेट दिने हो थाहा छैन, बर्षायाम सुरु हुन थालिसक्यो ।’ पहिरो पीडित बसेको सो क्षेत्रका पुरुष रोजगारीका लागि बाहिरिएका उनले बताइन् ।

    झुपडी बनाउँदै कामको खोजी गर्न पुरुषहरू बाहिरिने गरेका भन्दै उनले भनिन्, ‘महिला र बालबालिका मात्र यहाँ बस्दै आएका छौं, वस्तीमा केही समस्या भए के गर्ने भन्ने पिर पनि उस्तै छ ।’ घर बनाउन काठको माग गर्दा समेत सामुदायिक वनले काठ दिन नमानेको उनको गुनासो छ ।

    स्थानीय जम्मल थापा मगरले पहिरो पीडितको सबै मिलेर व्यवस्थापन गर्नुपर्ने बताए । ‘केन्द्र सरकासँग हाम्रो पहुँच छैन्,’ उनले भने, ‘स्थानीय सरकार र प्रदेश सरकारलाई हामीले पटकपटक समस्या समाधानका लागि आग्रह गरिसकेका छौं, तर सुनेका छैनन्, यो समस्या समाधान कुन सरकारले गर्ने हो ? थाहा छैन ।’

    मोहन्याल सामुदायिक वनको १० हेक्टर जमीनमा आफुहरू बसेकोबारे सबै सरकारी निकायलाई जानकारी गराइएको उनले बताए । पछिल्लो समयमा अन्य ठाँउका बाढी पीडित पनि वडाको सिफारिस बोकेर आउने गरेको उनले बताए । तर, शौचालय र खानेपानी अभावका कारण सो क्षेत्रमा प्रदुषण बढेको उनले बताए ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए पद तथा गोपनीयताको शपथ
    १ घण्टा अघि

  • २

    मन्त्रिपरिषद् बैठकमा डीडीसी प्रवर्द्धन ,प्रधानमन्त्री सहित मन्त्रीहरूलाई बाँडियो डीडीसीका विभिन्न उत्पादन
    १ घण्टा अघि

  • ३

    विपक्षी दलहरूको विरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित
    ४ घण्टा अघि

  • ४

    कर दर हेरफेर प्रकरण: अर्थमन्त्री डा. वाग्लेमाथि राजीनामाको दबाब
    ४ घण्टा अघि

  • ५

    मन्त्रिपरिषद विस्तारको तयारी ,गृहमा सुधन र विज्ञान, प्रविधि मन्त्रीमा महावीरको नाम सिफारिस
    ५ घण्टा अघि

  • ६

    यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
    ५ घण्टा अघि

  • ७

    खडेरीको जोखिम बढ्दै,किसानलाई सुख्खा सहन सक्ने धान लगाउन आग्रह
    ६ घण्टा अघि

  • ८

    अब मोबाइलबाटै धितोबिनै १० लाखसम्म कर्जा पाइने
    ६ घण्टा अघि

  • ९

    धुलिखेल अस्पताललाई नबिल बैंकको ६ करोड सहयोग, जलन र डायलासिस सेवा विस्तार हुने
    ७ घण्टा अघि

  • १०

    आजदेखि रास्वपाको प्रदेश अधिवेशन
    ७ घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    उबर नेपालमा भित्रियो, अमेरिकी दूतावासले भन्यो– ‘नेपालप्रतिको विश्वासको संकेत’

    नेपाल नक्सा
    २

    माछापुच्छ्रे बैंकको ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

    नेपाल नक्सा
    ३

    सीमा विवादबारे प्रधानमन्त्रीले बोलेको नै सत्य हो,आवश्यक परे फेरि उत्तर दिनुहुन्छ :प्रवक्ता सस्मित पोखरेल

    नेपाल नक्सा
    ४

    लमसम ठेक्कामा मूल्य समायोजन दिँदा ४४ करोडभन्दा बढी भुक्तानी

    नेपाल नक्सा
    ५

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा न्यूरो डेभलपमेन्टल समस्या भएका बालबालिकालाई उपचार सहयोग

    नेपाल नक्सा
    ६

    भन्सार छलीको आशंकामा कोरोला नाकाबाट भित्रिएका ७७४ विद्युतीय गाडी नियन्त्रणमा

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution