
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडले आफ्ना केही शाखा कार्यालयहरूलाई आपसमा समायोजन गरी सेवा सञ्चालन गर्ने निर्णय गरेको छ। बैंकका अनुसार मिति २०८३ साउन १८ गतेदेखि उक्त व्यवस्था लागू हुनेछ।
समायोजनपछि सम्बन्धित शाखाका ग्राहकहरूले समायोजन भई सञ्चालनमा रहने शाखा कार्यालयबाटै सम्पूर्ण बैंकिङ सेवा सुविधा प्राप्त गर्न सक्नेछन्। बैंकले सेवा प्रवाहमा कुनै अवरोध नआउने गरी आवश्यक व्यवस्थापन मिलाइएको जनाएको छ।
यस सम्बन्धमा सम्पूर्ण ग्राहक महानुभावलाई जानकारी गराउने उद्देश्यले बैंकले सूचना सार्वजनिक गरेको हो। साथै, शाखा समायोजनका कारण ग्राहकवर्गमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गरेको छ।
बैंकले आगामी दिनमा सेवा प्रवाहलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय बनाउन यस्ता व्यवस्थापनात्मक सुधारलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे