• मुख्य समाचार
  • समाचार
  • अर्थ
  • अपराध गतिविधि
  • सुचना प्रविधि
  • समाज
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • जनप्रतिनिधि संवाद
  • सामाजिक सञ्जालबाट
  • अन्तर्राष्ट्रिय
२०८३ बैशाख १२, शनिबार
Nepalnaksa – The Leading News Portal from Nepal
  • गृह
  • समाचार
  • अर्थ
    • बैंकिंग
    • बिमा
    • कर्पोरेट
    • रोजगार
    • पर्यटन
    • कृषि तथा पशुपालन
  • विकास
    • भौतिक पूर्वाधार
    • संरचना
    • ढांचा स्वरूप र नक्सा
    • खरिद बिक्रि
  • राजनीति
  • शिक्षा/स्वास्थ्य
  • बजार
    • अटो
    • शेयर
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • सुचना प्रविधि
    • खेलकुद
    • मनाेरञ्जन
    • समाज
    • अपराध गतिविधि
    • भिडियो ग्यालरी
    • पत्रपत्रिकाबाट
    • सामाजिक सञ्जालबाट
  • प्रदेश न्युज
  • खोज
  • ताजा१२
  • रुचाईएका

तपाईंको जिल्ला अनुसारको खबर

  • प्रदेश नं. १
    • भोजपुर
    • धनकुटा
    • मोरङ्ग
    • सङ्खुवासभा
    • सुनसरी
    • तेह्रथुम
    • इलाम
    • झापा
    • पाँचथर
    • ताप्लेजुङ्ग
    • खोटाङ्ग
    • ओखलढुङ्गा
    • सोलुखुम्बु
    • उदयपुर
  • प्रदेश नं. २
    • धनुषा
    • महोत्तरी
    • सर्लाही
    • बारा
    • पर्सा
    • रौतहट
    • सप्तरी
    • सिराहा
  • बागमती
    • काठमाडौँ
    • भक्तपुर
    • धादिङ्ग
    • काभ्रेपलान्चोक
    • ललितपुर
    • नुवाकोट
    • रसुवा
    • सिन्धुपाल्चोक
    • दोलखा
    • रामेछाप
    • सिन्धुली
    • चितवन
    • मकवानपुर
  • गण्डकी
    • बाग्लुङ्ग
    • मुस्ताङ्ग
    • म्याग्दी
    • पर्बत
    • गोरखा
    • कास्की
    • लम्जुङ्ग
    • मनाङ्ग
    • स्याङ्गजा
    • तनहुँ
    • नवलपरासी
    • नवलपुर
  • लुम्बिनी
    • बाँके
    • बर्दिया
    • अर्घाखाँची
    • गुल्मी
    • कपिलवस्तु
    • पाल्पा
    • रुपन्देही
    • दाङ्ग
    • प्युठान
    • रोल्पा
    • रुकुम (पुर्व)
    • रुकुम (पश्चिम)
  • कर्णाली
    • दैलेख
    • जाजरकोट
    • सुर्खेत
    • डोल्पा
    • हुम्ला
    • जुम्ला
    • कालिकोट
    • मुगु
    • सल्यान
  • सुदूरपश्चिम
    • बैतडी
    • डडेलधुरा
    • दार्चुला
    • कन्चनपुर
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • डोटी
    • कैलाली

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

“अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह

१४ घण्टा अघि
२

तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा

१४ घण्टा अघि
३

नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार

१५ घण्टा अघि
४

भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप

१७ घण्टा अघि
५

आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ

१७ घण्टा अघि
६

इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो

१८ घण्टा अघि
७

विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज

१८ घण्टा अघि
८

वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु

१८ घण्टा अघि
९

थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन

१९ घण्टा अघि
१०

श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना

२0 घण्टा अघि
११

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदै

२0 घण्टा अघि
१२

सुकुम्बासी हटाउने कदमप्रति हर्क साम्पाङको आपत्ति

२१ घण्टा अघि

धेरै पढिएका

१

मुलुकभर वातावरण निरीक्षक विवरण संकलन गर्न प्रदेश–स्थानीय तहलाई पत्राचार

२ महिना अघि
२

घर रङ्ग रोकनका लागि रङ्गको किसिम र छनौट

४ साल अघि
३

घरको सर्वोत्तम पुजा वा मन्दिर स्थापना वास्तुशास्त्र युक्तिहरू

४ साल अघि
४

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : प्रचण्ड

४ साल अघि
५

वास्तु अनुसार सुत्ने कोठाको लागि कुन रङ्ग राम्रो ?

४ साल अघि
६

महासेनानीको नेतृत्वमा तीन सय जना नेपाली सेनाको टोली भारतको पिथौरागढमा संयुक्त सैन्य अभ्यास गर्दै

४ साल अघि
७

नेपाल परिचय पुस्तकको परिमार्जित तेह्रौँ संस्करण सार्वजनिक(पुस्तक सहित)

७ महिना अघि
८

वयोधा अस्पताललाई एउटा चिकित्सक भनेंर अर्को चिकित्सकलाई देखाएको आरोपको वयोधा अस्पतालबाट स्पष्टिकरण

४ साल अघि
९

आईटी क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई २ लाख रुपैयाँसम्म तलब : प्रधानमन्त्री ओली

७ महिना अघि
१०

मित्र राष्‍ट्रविरुद्ध प्रदर्शन गर्नेलाई कारवाही गर्ने गृह मन्त्रालयको चेतावनी

४ साल अघि
११

पाँचै प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

९ महिना अघि
१२

कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु, मृतकको संख्या ३९० पुग्यो

४ साल अघि
प्रकाशित मिति: २०८२ फागुन ८, शुक्रबार (२ महिना अघि)

समन्वय, सुशासन र दिगोपनाः सामाजिक सुरक्षा प्रणालीको परीक्षा

  • 1,703 Views
  • काठमाडौं। योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई प्रभावकारी र सर्वसमावेशी बनाउनु नेपालका लागि अझै पनि बहुआयामिक चुनौतीको विषय बनेको छ। औपचारिक क्षेत्रका सीमित श्रमिकभन्दा बाहिर अनौपचारिक रोजगारी, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका ठूलो जनसंख्यालाई यस प्रणालीमा आवद्ध गराउन नसक्दा सामाजिक सुरक्षा विस्तार अपेक्षित गतिमा अघि बढ्न सकेको छैन।

    नीतिगत रूपमा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली श्रमिकको दीर्घकालीन आर्थिक सुरक्षा सुनिश्चित गर्ने महत्वपूर्ण आधार मानिए पनि व्यवहारिक कार्यान्वयनमा थुप्रै संरचनागत समस्या देखिएका छन्। औपचारिक तथा अनौपचारिक रोजगारी, स्वरोजगार र वैदेशिक रोजगारीमा संलग्न सबै व्यक्तिहरूको यथार्थ तथ्याङ्क यकिन गर्नु आफैंमा जटिल कार्य बनेको छ। तथ्याङ्कको अभावले लक्षित वर्ग पहिचान र कार्यक्रम विस्तारमा अवरोध सिर्जना गरेको सरोकारवालाहरू बताउँछन्।

    यसैगरी, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमबारे लक्षित वर्गसम्म प्रभावकारी प्रचारप्रसार हुन नसक्दा आवद्धता दर न्यून रहँदै आएको छ। श्रमिक तथा स्वरोजगारीमा रहेका व्यक्तिहरूमा प्रणालीप्रति पर्याप्त विश्वास र जानकारी नहुँदा सहभागिता बढाउन चुनौती थपिएको छ। सामाजिक सुरक्षालाई केवल कट्टीको रूपमा हेर्ने प्रवृत्तिले पनि कार्यक्रमप्रति आकर्षण घटाएको विश्लेषण गरिन्छ।

    अर्कोतर्फ, योगदानमा आधारित सामाजिक सुरक्षालाई आर्थिक र सामाजिक विकासका अन्य नीति तथा कार्यक्रमहरूसँग समन्वय गरी अघि बढाउनु जटिल बन्दै गएको छ। पूर्ण र उत्पादनशील रोजगारी सिर्जना नगरी सामाजिक सुरक्षा प्रणालीलाई दीर्घकालीन रूपमा निरन्तरता दिन कठिन हुने विज्ञहरूको धारणा छ। रोजगारीको अस्थिरताले योगदान निरन्तरतामा असर पार्दा प्रणालीको विश्वसनीयता कमजोर हुने जोखिम देखिएको छ।

    अर्थतन्त्रमा आउने उतारचढाव, मौद्रिक तथा वित्तीय नीतिमा हुने परिवर्तनका बीच सामाजिक सुरक्षा कोषको वित्तीय दिगोपना सुनिश्चित गर्नु अर्को गम्भीर चुनौती हो। योगदानमा आधारित सामाजिक सुरक्षामा निजी क्षेत्रको आवद्धता अझै सीमित रहेकाले पुँजी बजारको गतिशीलता, संस्थागत सुशासन र दीर्घकालीन लगानीमार्फत प्रणालीलाई सबल बनाउने अवसर पर्याप्त उपयोग हुन सकेको छैन।

    अनौपचारिक तथा स्वरोजगार क्षेत्रलाई सामाजिक सुरक्षा प्रणालीमा आवद्ध गर्दै औपचारिक क्षेत्र विस्तार गर्नु पनि चुनौतीकै रूपमा देखिएको छ। योगदान दरलाई सबैले तिर्न सक्ने, समतामूलक र सर्वस्वीकार्य बनाउँदै दिगो वित्तीय सुनिश्चितता कायम गर्नु नीतिगत रूपमा संवेदनशील विषय बनेको छ। अत्यधिक योगदान दरले सहभागिता घटाउने र न्यून योगदानले सुविधा अपुग हुने जोखिमबीच सन्तुलन कायम गर्न कठिन देखिएको छ।

    सुविधा योजनालाई पर्याप्त, पारदर्शी र पूर्वानुमानयोग्य बनाउँदै जोखिम उत्थानशील समाज निर्माण गर्नु सामाजिक सुरक्षा प्रणालीको मूल लक्ष्य भए पनि कार्यान्वयनमा स्पष्टता अभाव देखिन्छ। योगदानमा आधारित सामाजिक सुरक्षा सम्बन्धी कानूनको पूर्ण कार्यान्वयनका लागि स्पष्ट, समयबद्ध र व्यवहारिक कार्ययोजना तयार गरी प्रभावकारी रूपमा लागू गर्नु अत्यावश्यक बनेको छ।

    सामाजिक सुरक्षा कर कट्टीमार्फत संकलित तथा भविष्यमा संकलन हुने रकम कानुनअनुसार सामाजिक सुरक्षा कोष मा समयमै स्थानान्तरण गरी दिगो प्रयोगमा ल्याउनु अर्को महत्त्वपूर्ण पक्ष हो। साथै, कल्याणकारी कोषबाट प्राप्त रकम श्रमिककै हकहितमा उपयोग हुने सुनिश्चितता गर्न स्पष्ट कार्ययोजना आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ। विगतमा विभिन्न प्रतिष्ठानहरूले सञ्चालन गरेका अवकाश कोषको व्यवस्थापन र एकीकरण गर्नु थप चुनौतीका रूपमा देखिएको छ।

    यस्तै, सामाजिक सुरक्षासँग सम्बन्धित सरोकारवाला पक्ष, तीनै तहका सरकार र निकायबीच प्रभावकारी समन्वय र सहकार्य निरन्तर कायम गर्नु चुनौतीपूर्ण रहेको छ। त्रिपक्षीय सहमति, सौहार्दपूर्ण वातावरण र दीर्घकालीन प्रतिवद्धता बिना सामाजिक सुरक्षा प्रणालीलाई दिगो र विश्वसनीय बनाउन कठिन हुने विश्लेषण गरिएको छ। अन्तर्राष्ट्रिय मापदण्ड र अभ्यासअनुसार स्रोतको दिगोपनासहित बृहत् सामाजिक सुरक्षा योजना निर्माण र कार्यान्वयन गर्नु अहिलेको प्रमुख आवश्यकता बनेको छ।

    विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ ले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई जटिल र संवेदनशील बनायो। महामारीका कारण प्रभावित प्रतिष्ठान तथा त्यहाँ संलग्न श्रमिकको सामाजिक सुरक्षा योगदान व्यवस्थापन चुनौतीपूर्ण हो। रोजगारी गुमाएका श्रमिकलाई रोजगार सुरक्षाको प्रत्याभूति दिनु र व्यवसाय सञ्चालनमा कठिनाइ भोगिरहेका रोजगारदाताबाट योगदान रकम नियमित रूपमा संकलन तथा परिचालन गर्नु नीतिगत र व्यवहारिक दुवै दृष्टिले कठिन  छ।

    महामारीका कारण ठूलो संख्यामा श्रमिक रोजगारीबाट बाहिरिनु परेपछि सामाजिक सुरक्षा प्रणालीको दायरा र विश्वसनीयतामाथि प्रश्न उठ्न थियो। एकातिर योगदान निरन्तरता कायम राख्न नसक्ने श्रमिकको संख्या बढेको छ भने अर्कोतर्फ आय घटेका प्रतिष्ठानहरूका लागि सामाजिक सुरक्षा योगदान थप आर्थिक बोझका रूपमा देखिन थालेको विश्लेषण गरिन्छ। यसले संकटका समयमा सामाजिक सुरक्षा प्रणाली कति लचक र उत्तरदायी हुन सक्छ भन्ने बहसलाई समेत तीव्र बनाएको छ।

    यद्यपि, चुनौतीका बीच योगदानमा आधारित सामाजिक सुरक्षाको क्षेत्रमा महत्वपूर्ण अवसरहरू पनि देखिएका छन्। संविधानमै योगदानमा आधारित सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा स्थापित गरिनु, त्यसको कार्यान्वयनका लागि कानुनी तथा संरचनागत आधार तयार भई प्रक्रिया अघि बढ्नु आफैंमा ठूलो उपलब्धि मानिन्छ। निजी क्षेत्रका रोजगारदाताको श्रमिकप्रतिको सामाजिक सुरक्षा दायित्व स्पष्ट रूपमा किटान हुनु र त्यसप्रति प्रतिवद्धता व्यक्त हुनुले प्रणालीलाई दीर्घकालीन रूपमा सुदृढ बनाउने आधार तयार गरेको छ।

    औपचारिक श्रम बजारको क्रमिक विस्तार, वित्तीय बजारको बढ्दो गतिशीलता तथा नियमनसहित सुदृढ हुँदै गएको पुँजी बजारले सामाजिक सुरक्षाको औचित्य थप बलियो बनाउँदै लगेको छ। रोजगारीका अवसर विस्तारसँगै श्रमिकको आय सुरक्षा सुनिश्चित गर्ने संयन्त्रको आवश्यकता बढ्दै जानुले योगदानमा आधारित सामाजिक सुरक्षालाई अपरिहार्य बनाएको छ। नीति तथा संवैधानिक दस्तावेजहरूमा आय सुरक्षा, असमानता र गरिबी न्यूनीकरण, समावेशीकरण र सामाजिक न्यायमार्फत समतामूलक समाज निर्माण गर्ने लक्ष्य स्पष्ट रूपमा उल्लेख हुनु यस प्रणालीको महत्व झनै पुष्टि गर्ने पक्ष हो।

    विशेष गरी संकटका समयमा सामाजिक सुरक्षा प्रणालीले स्वचालित स्थिरीकरणको भूमिका खेल्न सक्छ भन्ने अनुभूति महामारीले अझ स्पष्ट गरिदिएको छ। कोभिड–१९ को प्रभावका क्रममा आय गुमाएका श्रमिकका लागि सामाजिक सुरक्षाले न्यूनतम सुरक्षा जालको काम गर्न सक्ने सम्भावना देखिएकाले यसको आवश्यकता र स्वीकार्यता दुवै बढेको छ। यही अनुभवले सामाजिक सुरक्षालाई दीर्घकालीन आर्थिक स्थायित्वको अभिन्न अंगका रूपमा बुझ्ने धारणा मजबुत बन्दै गएको छ।

    उद्यमशीलताको विकास, असल श्रम अभ्यासको खोजी, रोजगारी विस्तार र सुमधुर श्रम सम्बन्धतर्फ बढ्दो ध्यानले पनि सामाजिक सुरक्षा प्रणालीमा आवद्ध हुने अवसर विस्तार गरेको छ। लगानीमैत्री वातावरणसँगै संस्थागत सामाजिक उत्तरदायित्वप्रति बढ्दो सचेतना र सुरक्षित भविष्यप्रतिको चाहनाले रोजगारदाता तथा श्रमिक दुवैलाई सामाजिक सुरक्षा प्रणालीतर्फ आकर्षित गरिरहेको छ।

    अन्तर्राष्ट्रिय संघसंस्थाहरूको निरन्तर सहयोग र सहकार्य, सामाजिक साझेदारहरूमा विकसित हुँदै गएको जिम्मेवारीबोध तथा श्रमिक र स्वरोजगारमा रहेका व्यक्तिहरूमा बढ्दो सचेतनालाई पनि अवसरका रूपमा हेरिएको छ। यस्ता प्रयासले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीलाई थप विश्वसनीय र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

    नेपालको जनसांख्यिक संरचनाले पनि सामाजिक सुरक्षाका लागि महत्वपूर्ण अवसर प्रस्तुत गरेको छ। कुल जनसंख्याको करिब ५७ प्रतिशत हिस्सा १८ देखि ६० वर्ष उमेर समूहमा रहेकाले आगामी केही वर्ष आर्थिक रूपमा क्रियाशील श्रमशक्ति पर्याप्त रहने अनुमान छ। यो जनसांख्यिक लाभलाई रोजगारी विस्तार र सामाजिक सुरक्षा प्रणालीमा व्यापक आवद्धतामा रूपान्तरण गर्न सकिए योगदानमा आधारित सामाजिक सुरक्षाले दिगो आधार प्राप्त गर्ने विश्लेषण गरिएको छ।

    समग्रमा, महामारीले सामाजिक सुरक्षा प्रणालीका कमजोरी उजागर गरे पनि दीर्घकालीन सुधार र विस्तारका नयाँ सम्भावनासमेत खोलिदिएको छ। स्पष्ट नीति, लचक कार्यान्वयन र सरोकारवालाबीचको समन्वयमार्फत सामाजिक सुरक्षा कोष लाई अझ सबल र विश्वासयोग्य बनाउनु अहिलेको मुख्य चुनौती र अवसर दुवै बनेको छ।

  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
    समाचार
  • १

    “अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ”-बालेन्द्र शाह
    १४ घण्टा अघि

  • २

    तथ्यहीन सामग्री रोक्न सेनाको अपिल, निगरानी कडा
    १४ घण्टा अघि

  • ३

    नबिल बैंकको प्रतिक्रिया, गोपनीयता भंगको आरोप पूर्ण रूपमा अस्वीकार
    १५ घण्टा अघि

  • ४

    भूमि र आवास अधिकार उल्लंघन भएको सुकुमवासी मोर्चाको आरोप
    १७ घण्टा अघि

  • ५

    आजै ७ बजेसम्म बस्ती खाली गर, नत्र डोजर चल्छ
    १७ घण्टा अघि

  • ६

    इजरायल–लेबनान युद्धविराम थप तीन हप्ताका लागि बढाइयो
    १८ घण्टा अघि

  • ७

    विदेशी नागरिकता लिने १७ चिकित्सकको लाइसेन्स खारेज
    १८ घण्टा अघि

  • ८

    वैशाख १५ देखि काठमाडौंका सबै विद्यालयमा नियमित पढाइ सुरु
    १८ घण्टा अघि

  • ९

    थापाथलीमा सुकुम्बासी हटाउने निर्णयविरुद्ध प्रदर्शन
    १९ घण्टा अघि

  • १०

    श्रीकृष्ण विक मृत्यु प्रकरण:न्याय माग्दै सिन्धुलीमा रास्वपाको धर्ना
    २0 घण्टा अघि

  • साताको प्रचलित खबर
    १

    सरकारी अस्पतालमा दुई दिन बिदा लागू, आकस्मिक सेवा चौबिसै घण्टा सञ्चालन

    नेपाल नक्सा
    २

    गृहमन्त्री गुरुङ विवादमा तानिए, पार्टीभित्रै छलफल र बाहिर दबाब चुलिँदै

    नेपाल नक्सा
    ३

    सम्पत्ति विवरण विवादपछि गृहमन्त्रीले दिए राजीनामा,१३ दिन र २६ दिनमै दुई मन्त्री बाहिरिए

    नेपाल नक्सा
    ४

    डेरावालको पहिचान सहज बनाउन विवरण राख्न, घरधनीलाई प्रहरीको आग्रह

    नेपाल नक्सा
    ५

    अरबौँको बेरुजु, तर संसद मौन: सार्वजनिक लेखा समितिको लापरवाही?

    नेपाल नक्सा
    ६

    क्याम्पसमा विद्यार्थी संगठनलाई कोठा र जग्गा नदिने सरकारको निर्णय

    नेपाल नक्सा

    www.nepalnaksa.com

    Your Media Pvt. Ltd.

    New Baneshwor, Kathmandu

    +977-015581367, 9851026663

    [email protected]

    नेपाल नक्साका लागि:

    सम्पादक:
    लोकेन्द्र भण्डारी

    समाचार संयोजक:
    सुनिल आचार्य

    रिपोर्टर:
    अनिता बिष्ट
    सरोज वोलखे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    © २०७८ Nepalnaksa – The Leading News Portal from Nepal मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution