
काठमाडौं। ग्लोबल आइएमई बैंकले अन्तर्राष्ट्रिय शैक्षिक प्रयोजनका लागि भुक्तानी गर्दा ५० प्रतिशत छुट दिने विशेष योजना सार्वजनिक गरेको छ। यस योजनाअन्तर्गत नेपाली विद्यार्थीहरूले अध्ययन शुल्क, भिसा शुल्क, अनलाइन परीक्षा शुल्क जस्ता भुक्तानी गर्दा लाग्ने सेवा शुल्कको आधा छुट पाउनेछन्।
बैंकले उल्लेख गरेको छ कि योजना अन्तर्गत आईर्ईएलटीएस, टोफल, स्याट, जीम्याट, पीटीई, एसीटी, एसीसीए, युएसएमएलई, कलेज फि, भिषा शुल्क, बिमा शुल्क लगायतका अन्तर्राष्ट्रिय भुक्तानीमा ५० प्रतिशत छुट लागू हुनेछ। यो सुविधा २०२६ जुलाई ३१ सम्म मान्य हुनेछ।
बैंकले आफ्नो सुविधा सबै शाखामा पहुँच हुने गरी ११७ शाखामा सेवा उपलब्ध गराउने जनाएको छ। हाल बैंकसँग देशभर ३५२ शाखा, ३८५ एटीएम, १४७ शाखारहित इकाइ, ६८ एक्सटेन्सन काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा उपलब्ध छन्।
यो योजना विशेषगरी विद्यार्थी र अन्तर्राष्ट्रिय अध्ययनमा संलग्न व्यक्तिलाई लक्षित गरिएको हो, जसले भुक्तानी खर्च कम गर्ने अवसर पाउने छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे