
काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई आज दान–दक्षिणासहित बिदाइ गरिने भएको छ। फागुन कृष्ण एकादशीमा पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फाल्गुन कृष्ण औँसीमा परम्पराअनुसार बिदाइ गर्ने प्रबन्ध गरेको छ। यसका लागि करिब ३० लाख रुपैयाँको बजेट छुट्याइएको छ।
साधुसन्तलाई रातो, नीलो, सेतो, पहेँलो र हरियो कार्ड वितरण गरी स्तरअनुसार दक्षिणा दिइनेछ। नेपाल बाहिरबाट आएका साधुसन्तलाई नजिकको सीमासम्म जान सक्ने गरी दक्षिणा बढाइएको छ।
पशुपतिका गोरखनाथ मठ, आर्यघाट पारिको रामचन्द्र मन्दिर, भस्मेश्वर अखडा, निर्मला अखडा र परिसरका विभिन्न स्थानमा करिब चार हजार बढी साधुसन्त बसिरहेका छन्। त्यस्तै, थापाथली कालमोचनघाटमा रहेका वैरागी, उदासी, सन्यासी र नाथ अखडाका साधुसन्तलाई पनि आजै दान–दक्षिणासहित बिदाइ गरिने संस्थानले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे