
काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको छ । हिजो तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको सुन आज ४ हजार १ सय रुपैयाँले बढेको हो । हिजो आइतबार सुनको भाउ तोलामा ३ लाख ५ सय रुपैयाँ रहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ४ हजार ६ सय रुपैयाँ रहेको छ ।
यता आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा २ सय ४० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ५० रुपैयाँ रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे