
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेड (केएसबीबीएल) ले निष्काशन गरेको ‘९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ को बाँडफाँड सम्पन्न भएको छ। बैंकले आज २०८२ माघ २१ गते एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंको प्राङ्गणमा उक्त सेयरको बाँडफाँड गरेको हो।
रु. ३५ करोड बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको बैंकले जनाएको छ। यसले नेपाली पूँजी बजारप्रति लगानीकर्ताको बढ्दो विश्वास र वित्तीय क्षेत्रप्रति आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ।
परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताका लागि मिति २०८२/१०/१२ देखि २०८२/१०/१५ गतेसम्म उक्त सेयर निष्काशन तथा बिक्री खुला गरिएको थियो। सो अवधिमा विभिन्न संघ–संस्थामार्फत उल्लेख्य सहभागिता रहेको बैंकले जनाएको छ। अविमोच्य अवधि र वार्षिक ९ प्रतिशत ब्याजदर रहेको असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो।
यस सेयर निष्काशन प्रक्रियालाई सफल बनाउन सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकाय, लगानीकर्ता, सञ्चारमाध्यम, पत्रकार तथा सरोकारवाला सबैप्रति बैंक तथा निष्काशन तथा बिक्री प्रवन्धकको तर्फबाट आभार व्यक्त गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे