
काठमाडौँ – काठमाडौँ विश्वविद्यालयको इञ्जिनियरिङ स्कूल र चीनको स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड बीच शैक्षिक–औद्योगिक सहकार्य मजबुत बनाउने उद्देश्यले सम्झौता पत्र हस्ताक्षर भएको छ।
यस सम्झौताले सुरुङ तथा खानी इञ्जिनियरिङ क्षेत्रमा संयुक्त अनुसन्धान, प्राविधिक ज्ञानको आदान–प्रदान, तालिम, कार्यशाला र सेमिनारको आयोजना गर्ने अवसर सिर्जना गर्नेछ। साथै विद्यार्थी र संकाय सदस्यहरूलाई व्यावहारिक अनुभव हासिल गर्न उद्योगसँग प्रत्यक्ष सम्पर्क तथा प्रशिक्षणको अवसर पनि प्रदान गर्नेछ।
सम्झौता अन्तर्गत विद्यार्थीहरूको इन्टर्नशिप, औद्योगिक भ्रमण र भविष्यका पूर्वाधार परियोजनामा सहभागिताको माध्यमबाट अनुभव प्राप्त गर्ने व्यवस्था समेत रहनेछ।
सम्झौतामा काठमाडौँ विश्वविद्यालयको इञ्जिनियरिङ स्कूलका डीन प्रा. डा. मनीष पोखरेल र चीनको स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेड, नेपालका कन्ट्री म्यानेजर श्री फू मेङले हस्ताक्षर गरेका थिए।
यस सहयोगले नेपालमा इञ्जिनियरिङ शिक्षा र उद्योगबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे