
काठमाडौं – नोर्वेको राजदूत दाग्नी म्योस र उप प्रमुख क्रिस्टिन स्टोर्होल्टले सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक शिष्टाचार भेटघाटका लागि भेटेका छन्। भेटघाटको क्रममा नेपाल र नोर्वेबीचको दिर्घकालीन द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, कानूनी शासन, समावेशी शासन र लैंगिक समानताको प्रवर्द्धनमा सहकार्यका विषयमा छलफल भएको छ।
राजदूत म्योसले नेपालको स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचन प्रक्रियामा नोर्वेको समर्थन पुनः स्पष्ट पार्दै आगामी निर्वाचनका लागि सहयोग जारी रहने आश्वासन प्रदान गर्नुभएको छ। साथै, नोर्वे सरकार नेपालको समावेशी शासन प्रणाली र सामाजिक न्यायका पहलहरूलाई निरन्तर प्रोत्साहन गर्दै आएको जानकारी पनि प्रदान गरिएको थियो।
उक्त भेटघाटमा दुई देशबीचको दीर्घकालीन मित्रता र सहयोगलाई अझ सुदृढ बनाउने तरिकाबारे छलफल भएको र दुवै पक्षले पारस्परिक समझदारी र सहयोगका माध्यमबाट लोकतान्त्रिक मूल्य र दिगो विकासमा अग्रसर रहन प्रतिबद्धता जनाएको जनाइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे