
प्रधानमन्त्री सुशीला कार्कीले आज सहिद र जेनजी आन्दोलनका वीर योद्धाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। उहाँले भन्नुभयो, “देश र जनताको स्वतन्त्रता, न्याय, समानता र उत्तरदायी शासनका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सबै सहिदहरूलाई हार्दिक नमन। जेनजी आन्दोलनमा सहादत प्राप्त वीर योद्धाहरूको साहस र अडिग संकल्पले आज देशलाई ऐतिहासिक परिवर्तनको मोडमा पुर्याएको छ।”
प्रधानमन्त्री कार्कीले थप्नुभयो, “अब कुनै आमाको काख फेरि खाली नहोस्। शासकीय मूल्य, नैतिकता र नागरिकको सम्मानमा आधारित राज्य निर्माणको दायित्व प्रत्येक शासकले सदैव स्मरण गर्नुपर्छ।”
प्रधानमन्त्रीको यो वक्तव्यले सहिदको बलिदान सम्झनाका साथै आगामी पुस्तालाई देशभक्ति, न्याय र समानताको मूल्यमा प्रेरित गर्ने सन्देश दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे