
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्माणाधीन काठमाडौं–तराई/मधेस द्रुतमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले आइतबार बिहान नेपाली सेनाका उच्च अधिकारी तथा सम्बन्धित निकायका पदाधिकारीसहित द्रुतमार्ग आयोजनाको प्रगति अवलोकन गर्नुभएको हो।
निरीक्षणका क्रममा प्रधानमन्त्री कार्कीले आयोजनाको हालसम्मको प्रगति, निर्माण कार्यमा देखिएका चुनौती र समयसीमाबारे जानकारी लिनुभएको थियो। उहाँले राष्ट्रिय महत्वको यस आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न निर्देशन दिँदै आवश्यक समन्वय र सहयोग सरकारले निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे