
काठमाडौँ – नेपाल र साउदी अरबबीच नयाँ श्रम सम्झौतामा हस्ताक्षर भएको छ। माघ ११, २०८२ (जनवरी २५, २०२६) मा भएको यस औपचारिक कार्यक्रममा नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र साउदी अरबका मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद विन सुलेमान अल–राजीले हस्ताक्षर गरेका छन्।
यस सम्झौतासँगै नेपालले श्रम सम्झौता गरेको देशको संख्या १३ पुगेको छ। सम्झौताले श्रमिकका लागि पारदर्शी भर्ना प्रक्रिया, उचित तलब तथा सेवा सुविधा सुनिश्चितता, म्यानपावर ठगी नियन्त्रण र न्यायमा पहुँच लगायतका विषय समेटेको छ। दुई देशबीचको सहकार्यले नेपाली श्रमिकको अधिकार र सुरक्षा थप सुदृढ हुने अपेक्षा गरिएको छ।
श्रम मन्त्रालयले सम्झौतापछि नियमित अनुगमन, समन्वय र रोजगारका अवसरहरू सुनिश्चित गर्न दुवै देशका निकायहरूसँग सहकार्य बढाउने जनाएको छ। यसले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि सुरक्षित र व्यवस्थित वातावरण सुनिश्चित गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे