
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का गोरखा–१ का उम्मेदवार सुदन गुरुङले गत भदौमा भएको जेनजिए आन्दोलनका क्रममा पहिले गोली चलेको र त्यसपछि मात्र सिंहदरबारमा आगो लागेको बताएका छन्।
गुरुङले सामाजिक सञ्जालमा लेखेका छन् कि “गोली पहिले चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो। बच्चाहरू पहिले ढलेका थिए, त्यसपछि मात्र संरचना बलेको हो।” उनका अनुसार आन्दोलनमा संलग्न युवाहरूमाथि गोली चलाइएको थियो र त्यसपछि मात्र सरकारी भवनमा आगो लागेको हो।
उनले आफ्नो भनाइमार्फत आन्दोलनको घटनाक्रम बुझ्नका लागि स्पष्टता दिन खोजेका छन् र पहिलो चरणमा हिंसा सरकारी सुरक्षा निकायले सुरु गरेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे