
झापा । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मेचीनगर नगरपालिका–८, सृजनाचोकस्थित आधारभूत स्वास्थ्य केन्द्रलाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ।
बैंकका कोशी प्रदेश प्रमुख खिम लाल भुसालले स्वास्थ्य केन्द्रका प्रमुख दिवाकर पौडेललाई वडा अध्यक्ष गिरीराज धमलाको उपस्थितिमा वाटर डिस्पेन्सर हस्तान्तरण गर्नुभएको हो। यस सहयोगबाट स्वास्थ्य केन्द्रमा सेवा लिन आउने सबै वर्गका बिरामी लाभान्वित हुने अनुमान गरिएको छ। विशेषगरी गरिब तथा असाहय सेवाग्राहीका लागि यो सुविधा थप सहजता ल्याउने स्वास्थ्य केन्द्रका प्रमुख पौडेलले उल्लेख गर्नुभयो।
पौडेलले बैंकको परोपकारी पहलको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ। बैंकले आगामी दिनमा समेत सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे