
काठमाडौँ — मेटलाइफ नेपालले महोत्तरीको बर्दिबास, मोरङको पथरी तथा बागलुबमा तीन नयाँ एजेन्सी कार्यालय सञ्चालनमा ल्याउँदै वित्तीय सुरक्षाको पहुँच थप सुदृढ बनाएको छ। यी नयाँ कार्यालयहरूले स्थानीय समुदायमा जीवन बीमा र अन्य वित्तीय सेवामा पहुँच सहज बनाउने मात्र नभई भरपर्दो मार्गदर्शन र सुरक्षा प्रदान गर्ने भूमिका पनि निर्वाह गर्ने अपेक्षा गरिएको छ।
पहिले, यी क्षेत्रका धेरै परिवार तथा साना व्यवसायीहरूलाई जीवन बीमा पहुँच गर्न टाढाका सहरसम्म जानु पर्ने बाध्यता थियो वा सीमित जानकारीमा निर्भर रहनुपर्थ्यो। नयाँ एजेन्सी कार्यालयको उपस्थितिले ग्राहकहरूले आफ्नै समुदायमा व्यक्तिगत सल्लाह, समयमै सेवा तथा निरन्तर सहयोग प्राप्त गर्न सक्ने अवसर सिर्जना गरेको छ।
यस विस्तारले स्थानीय रोजगारी सिर्जना गर्ने र थप व्यक्तिहरूलाई बीमा व्यवसायीको रूपमा करियर निर्माण गर्न सहयोग पुर्याउने विश्वास गरिएको छ। साथै, वित्तीय सुरक्षामा पहुँच बढ्दा परिवारहरूले अनिश्चितता, सम्भावित आम्दानी अवरोध तथा दीर्घकालीन जीवन लक्ष्यका लागि तयारी गर्न सक्षम हुनेछन्।
मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, “बर्दिबास, पथरी र बागलुबमा एजेन्सी कार्यालय खोल्नु भनेको समुदायस्तरमै वित्तीय सुदृढता मजबुत बनाउनु हो। जब सुरक्षा स्थानीय रूपमा उपलब्ध हुन्छ, तब परिवारहरूले सचेत निर्णय लिन, जोखिम व्यवस्थापन गर्न र आत्मविश्वासका साथ भविष्य योजना बनाउन सक्षम हुन्छन्।”
नेपालको आर्थिक विस्तार र विविधीकरणको क्रममा, मेटलाइफले रणनीतिक स्थानहरूमा आफ्नो एजेन्सी सञ्जाल विस्तार गर्दै समावेशी वित्तीय विकासमा योगदान पुर्याइरहेको छ। यसले जहाँ बसे पनि सबैले दीर्घकालीन वित्तीय सुरक्षाको लाभ लिन सक्ने वातावरण सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे