
काठमाडौँ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्र देखिएको विभाजनको सन्दर्भमा प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमार्फत धारणा राख्दै उनले जिउँदो मानिसले जीवनमा प्रशंसा पनि पाउने र आलोचना पनि सहनुपर्ने बताए। उनका अनुसार कहिले खुशी हुने, कहिले दुःखी हुने यही नै जीवनको वास्तविकता हो।
भण्डारीले आलोचना हुनु स्वाभाविक भए पनि गालीगलौज सही नहुने स्पष्ट पारे। उनले भनेका छन्, समाज र शिक्षाले हामीलाई गाली गर्न होइन, आफ्नो विचार राख्न, तर्क गर्न, फरक मतलाई सभ्य ढंगले व्यक्त गर्न र समाधान खोज्न सिकाएको हो।
उनका अनुसार विचारको प्रतिस्पर्धा लोकतन्त्रका लागि आवश्यक र राम्रो हुन्छ, तर गालीगलौजले न त व्यक्ति सुधारिन्छ न त कुनै संस्था बलियो बन्छ। त्यसले समाजमा सकारात्मक संस्कार विकास गर्न पनि सहयोग नगर्ने उनको भनाइ छ।
चन्द्र भण्डारीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको फरक विचार राख्ने अधिकार मात्र नभई त्यस्तो विचार राख्दा त्यसको सुरक्षा पनि सुनिश्चित हुनु हो भन्ने धारणा व्यक्त गरेका छन्। फरक मतलाई सम्मान गर्ने संस्कृतिले मात्रै लोकतन्त्र बलियो हुने उनले उल्लेख गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे