
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ। कम्पनीले यसअघि पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक तथा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन गरिसकेको थियो।
कम्पनीले कुल निष्कासित सेयरमध्ये सामूहिक लगानी कोषका लागि पाँच लाख कित्ता र कर्मचारीका लागि तीन लाख कित्ता सुरक्षित गरी बाँकी ८२ लाख कित्ता साधारण सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको हो। सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
धितोपत्र बोर्डबाट गत कात्तिक २४ गते अनुमति प्राप्त गरेपछि कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा दुई अर्ब रुपैयाँ बराबरको दुई करोड कित्ता साधारण सेयर निष्कासन प्रक्रिया अघि बढाएको हो। आईपीओमा आवेदन दिन बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा सीडीएससीको ‘मेरो सेयर’ प्रणालीमार्फत आवेदन दिन सकिनेछ।
कम्पनीका अनुसार आईपीओ निष्कासन छिटोमा माघ ४ गते र ढिलोमा माघ १४ गते बन्द हुनेछ। सोलु हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी नबिल इन्भेस्टमेन्ट बैंकिङले लिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे