
काठमाडौं – नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोषका गभर्नन्स र भ्रष्टाचार परीक्षण कार्यक्रमका मिशन प्रमुख श्री जोनाथन पम्पोलिना बीच उद्घाटन बैठक सम्पन्न भएको छ।
बैठकमा गभर्नन्स र भ्रष्टाचार परीक्षण कार्यक्रमका उद्देश्य र समग्र अवलोकनको विस्तृत छलफल भएको थियो। दुबै पक्षले कार्यक्रमको कार्यान्वयन प्रक्रिया, अपेक्षित नतिजा र आगामी चरणका गतिविधिहरूको बारेमा आपसी समझदारी स्थापित गरेका छन्।
बैठकले नेपालमा पारदर्शिता, जिम्मेवारी र प्रशासनिक सुधारको दिशामा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग समन्वय गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमले दीर्घकालीन रूपमा सरकारी प्रशासनमा सुधार र भ्रष्टाचार न्यूनीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे