
बुटवल – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो बुटवल क्षेत्रअन्तर्गत विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले भैरहवा र मणिग्राम शाखाका माध्यमबाट समुदाय लक्षित सामाजिक पहलहरू संचालन गरेको हो।
यसअन्तर्गत, भैरहवा शाखाले लुम्बिनी अपाङ्ग दृष्टिविहीन अनाथ आश्रमलाई तीन थान बेड वितरण गरेको छ भने मणिग्राम शाखाबाट शान्ति नमुना माध्यमिक विद्यालयका आर्थिक रूपमा कमजोर र दृष्टिविहीन बालबालिकालाई जाडोयाम लक्षित न्यानो कपडा वितरण गरिएको छ। बैंकका बुटवल क्षेत्र प्रमुख हेमन्त बाबु आचार्यले प्रत्यक्ष हस्तान्तरण गर्दै यस पहलले बालबालिका र दृष्टिविहीन व्यक्तिहरूको स्वास्थ्य र जीवनस्तरमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमका अवसरमा सहयोग प्राप्त संस्थाका प्रतिनिधिहरूले बैंकको मानवीय पहलप्रति खुशी व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे। कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, बैंक कर्मचारी र स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिती रहेको थियो।
बैंकले आगामी दिनमा समेत स्थानीय सरोकारवालासँग समन्वय र सहकार्य गर्दै यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे