
राप्ती– कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत राप्ती नगरपालिका–१२ स्थित श्री भविष्य निर्माण आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरेको छ।
बैंकको नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले कक्षा १ देखि ३ सम्म अध्ययनरत ७० जना विपन्न तथा सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई चिसो मौसमलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गर्नु भएको हो। यस अवसरमा प्रमुख अतिथि राप्ती नगरपालिका–१२ का वडा अध्यक्ष अर्जुन प्रजाले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको निरन्तर सहयोगको प्रशंसा गर्दै सम्पूर्ण बैंक परिवारप्रति धन्यवाद व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीत बहादुर प्रजाले बैंकले विद्यालयप्रति देखाएको चासो र विद्यार्थीहरूलाई पुर्याएको सहयोगको उच्च मूल्याङ्कन गर्दै बैंक परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै, उहाँले बैंकको आगामी प्रगतिका लागि शुभकामना पनि व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, प्रमुख अतिथि, बैंक कर्मचारीहरू, राप्ती नगरपालिकाका सब–इन्जिनियर विजय पौडेल, वडा सदस्य अशोक जिम्बा र स्थानीय अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
बैंकले आगामी दिनहरूमा समेत सरोकारवालासँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे