
कोशी। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोकमार्फत बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ।
उक्त कार्यक्रम अन्तर्गत बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई आवश्यक सामाग्री हस्तान्तरण गर्नुभएको थियो। हस्तान्तरणको क्रममा सञ्चालक राईले गरिब तथा विपन्न वर्गका बालबालिकाको आधारभूत आवश्यकतालाई ध्यानमा राख्दै शिक्षा र उज्जवल भविष्य सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभयो। साथै, आश्रममा वितरण गरिएको सहयोगले बालबालिकाको दैनिक जीवन र शैक्षिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताउनुभयो।
कार्यक्रममा बोल्दै बैंकका कोशी प्रदेश प्रमुख भुसालले भने, “आश्रममा वितरण गरिएको खाद्यान्न र शैक्षिक सामाग्रीले समाजको समुन्नत विकासमा योगदान पुर्याउँछ र हामी यसमा हातेमालो गर्न पाउँदा खुसी छौं।”
उक्त कार्यक्रममा उप–मेयर नितु थापा कोइराला, वडा अध्यक्ष योगेन्द्र सुवेदी, बैंकका कर्मचारीहरू, बाल आश्रमका सहभागी बालबालिका तथा अन्य सरोकारवालाहरूको उपस्थिती रहेको थियो।
बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूको समन्वय र सहकार्यमा यस्ता सामाजिक उत्तरदायित्व कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने योजना रहेको जनाएको छ।
यस कार्यक्रमले समुदायको सामाजिक उत्तरदायित्व र बालबालिकाको उज्जवल भविष्य सुनिश्चित गर्ने उद्देश्यमा बैंकको योगदानलाई अझ स्पष्ट बनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे