
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अमेरिकाले भेनेजुएलामा गरेको भनिएको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरो तथा उनकी श्रीमतीलाई नियन्त्रणमा लिएको घटनाप्रति कडा आपत्ति जनाउनुभएको छ। उहाँले यस्तो कदम संयुक्त राष्ट्रसंघको बडापत्रको स्पष्ट उल्लङ्घन भएको बताएका छन् ।
पोखरेलका अनुसार कुनै एक देशको आदेशमा अर्को देशका जननिर्वाचित राष्ट्रप्रमुखलाई सैन्य हस्तक्षेपमार्फत पक्राउ गर्ने र अभियोग लगाउने कार्यले संयुक्त राष्ट्रसंघलगायत विश्व संस्थाहरूको अस्तित्व र औचित्यमाथि नै प्रश्न उठाउँछ। यस्तो व्यवहार आधुनिक विश्व र सभ्य समाजका लागि स्वीकार्य हुन नसक्ने उनको भनाइ रहेको छ।
उहाँले भेनेजुएलामा भएको अमेरिकी हस्तक्षेप र राष्ट्रपति मादुरोलाई नियन्त्रणमा लिएको भनिएको घटनाले अन्तर्राष्ट्रिय कानुन, राष्ट्रको सार्वभौमिकता र लोकतान्त्रिक मूल्यहरूमाथि गम्भीर चुनौती खडा गरेको उल्लेख गर्नुभयो। यस्ता विषयमा अन्तर्राष्ट्रिय समुदाय मात्र होइन, स्वयं अमेरिकी समाजभित्र पनि गम्भीर, जिम्मेवार र खुला बहस आवश्यक रहेको पोखरेलले बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे