
काठमाडौँ ।
काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा गृहमन्त्री रहेका रमेश लेखकविरुद्ध लगाइएको स्थान हद उच्चस्तरीय जाँचबुझ आयोगले फुकुवा गरेको छ। आयोगले बिहीबार लेखकको बयान प्रक्रिया सम्पन्न भएपछि उनीमाथि लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिएको हो।
आयोगका अनुसार लेखकलाई विदेश भ्रमण तथा काठमाडौँ उपत्यकाबाहिर जान नपाउने गरी लगाइएको स्थान हद अब लागू रहने छैन। अनुसन्धानका क्रममा आवश्यक ठानी गत असोज १२ गते बसेको आयोगको बैठकले लेखकविरुद्ध स्थान हद लगाउने निर्णय गरेको थियो। अब बयान सकिएसँगै आयोगले उक्त निर्णय फिर्ता लिएको जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे