
काठमाडौँ — राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन्। नेपालगञ्जमा सम्पन्न संघको १२औँ महाधिवेशनबाट चौलागाईंको नेतृत्वमा ४१ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित भएको हो।
महाधिवेशनमार्फत संघको वरिष्ठ उपाध्यक्षमा कविराज बराज र महासचिवमा ऋषिराम ज्ञवाली निर्वाचित भएका छन्। नवगठित कार्यसमितिमा विभिन्न प्रदेश तथा शाखाबाट प्रतिनिधित्व हुने गरी पदाधिकारी र सदस्यहरू चयन गरिएको संघले जनाएको छ।
नवनिर्वाचित अध्यक्ष चौलागाईंले बैंकको संस्थागत सुदृढीकरण, कर्मचारीको पेशागत हित–सुरक्षा, सेवा सुविधा र कार्य वातावरण सुधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले व्यवस्थापन र कर्मचारीबीच सहकार्य र संवादलाई सुदृढ गर्दै बैंकको समग्र कार्यसम्पादन सुधारमा संघको भूमिका प्रभावकारी बनाइने बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे