
काठमाडौं — नेपाल प्रहरीले आन्दोलन (भदौ २३–२४) पश्चात प्रहरी कार्यालयहरूको पुनःनिर्माण र सुधारमा योगदान पुर्याएको भन्दै गोल्यान समूहका अध्यक्ष तथा व्यवस्थापन निर्देशक अक्षय गोल्यानलाई सम्मान प्रदान गरेको छ। सम्मान कार्यक्रम काठमाडौं जिल्ला प्रहरी परिसरले आइतबार आयोजित गरेको थियो, जहाँ प्रमुख प्रहरी निरिक्षक दान बहादुर कार्कीले गोल्यानलाई उक्त सम्मान प्रदान गरे।
गोल्यान समूहले प्रहरी पूर्वाधार सुदृढ गर्न र समुदाय–प्रहरी साझेदारी कार्यक्रमलाई प्रवर्द्धन गर्न रु २.१०१ मिलियन आर्थिक सहयोग गरेको थियो। नेपाल प्रहरीले सो अवधिमा “हाम्रो प्रहरी” अभियान सञ्चालन गर्दै समुदाय–प्रहरी साझेदारीलाई अझ प्रभावकारी बनाउने कार्य गर्दै आएको छ।
समारोहमा बोल्दै गोल्यानले भने, “नेपाल प्रहरीलाई चुनौतीपूर्ण समयमा सशक्त र आत्मविश्वासी बनाइराख्नको लागि आधारभूत संरचना र गुणस्तरीय भौतिक सुविधा अनिवार्य छन्। यो सहयोग प्रहरी र जनता बीचको विश्वास अझ दृढ बनाउने प्रयासको हिस्सा हो।” उनले गोल्यान समूह भविष्यमा पनि समाजिक सुरक्षा र शान्तिका लागि नेपाल प्रहरीसँग सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता काठमाडौं महानगरपालिका–२३ का वडा अध्यक्ष मचाराजा महर्जनले गरेका थिए। कार्यक्रममा काठमाडौं उपमहानगरपालिका उप–मेयर सुनिता डङ्गोल, अतिरिक्त प्रहरी महानिरीक्षक ओम प्रसाद अधिकारी, माइती नेपाल संस्थापक अध्यक्ष अनुराधा कोईराला, काठमाडौं प्रमुख जिल्ला अधिकारी ईश्वरराज अधिकारी, तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतका प्रतिनिधिहरू उपस्थित थिए।
नेपाल प्रहरीका अनुसार निजी क्षेत्रको सहयोग, जस्तै गोल्यान समूहद्वारा प्रदान गरिएको योगदान, समुदायको विश्वास सुदृढ पार्ने, प्रहरी कार्यालयको सुविधा सुधार गर्ने र कानुन प्रवर्तनमा समग्र प्रभावकारिता बढाउने महत्वपूर्ण भूमिका खेल्दछ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे