
काठमाडौँ । एभरेष्ट बैंक लिमिटेडले आफ्नो कोर बैंकिङ प्रणाली स्तरोन्नति कार्य सफलतापूर्वक सम्पन्न भएपछि मोबाइल बैंकिङसहित बैंकका सम्पूर्ण सेवाहरू पूर्ण रूपमा सुचारु भएको जानकारी गराएको छ। बैंकले २०८२ साल पौष १० गतेदेखि पौष १२ गतेसम्म कोर बैंकिङ प्रणाली स्तरोन्नति गर्ने क्रममा केही सेवाहरू अस्थायी रूपमा अवरुद्ध भएका थिए।
बैंकका अनुसार २०८२ साल पौष १३ गते आइतबारदेखि अवरुद्ध रहेका सबै सेवा नियमित रूपमा सञ्चालनमा आएका छन्। स्तरोन्नति कार्यका कारण ग्राहक तथा सरोकारवाला निकायमा पर्न गएको असुविधाप्रति बैंकले समझदारीका लागि आभार व्यक्त गरेको छ।
एभरेष्ट बैंकले प्रणाली स्तरोन्नतिले सेवाको गुणस्तर, सुरक्षा र प्रभावकारिता अझ सुदृढ हुने विश्वास व्यक्त गर्दै यस अवधिमा सहयोग गर्ने सम्पूर्ण ग्राहकवर्ग र सम्बन्धित संस्थाप्रति धन्यवाद ज्ञापन गरेको छ।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे